चरिकोट (दीस) –दोलखामा कोरोनाको दोस्रो लहर नयाँ भेरियन्ट देखा परेसँगै २६ जनाले संक्रमण जितेका छन् । स्वास्थ्य कार्यालय दोलखाका अनुसार दोस्रो लहरमा संक्रमणको कारण सात जनाको मृत्यु भएको छ । दोलखामा आइबारसम्म ४सय ५६ जना सक्रिय संक्रमित रहेका छन् ।आइतबार १ सय ८० जनाको पीसीआर टेष्ट गर्दा दोलखाका विभिन्न स्थानीय तहमा ५४ कोरोना नयाँ सक्रमित देखा परेको छ । जसमा भीमेश्वर नगरपालिकाका ८ जना पुरुष र ९ जना महिला १७ जना, विगुका गाउँपालिकाका एक पुरुष, गौरीशंकर गाउँपालिकाका २ जना पुरुष, तामाकोशी गाउँपालिकाका एक जना पुरुष, बैतेश्वर गाउँपालिकाका १४ जना पुरुष र ६ जना महिला गरि २० जना, मेलुङ गाउँपालिकाका एक जना पुरुष र २ जना महिला गरि ३ जना, कालिञ्चोक गाउँपालिकाका २ पुरुष र ८ महिला गरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । बिगु गाउँपालिकाका शुक्रबार एक जना पुरुषको र शनिबार बैतेश्वर गाउँपालिकाकी एक महिलाको संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिए । चरिकोट अस्पतालमा रहेको पीसीआर ल्याबमा जिरी नगरपालिकाका ६६ जनाको, तामाकोशी गाउँपालिकाका ७१ जनाको, भीमेश्वर नगरपालिकाका ५१ जनाको, कालिञ्चोक गाउँपालिकाका १० जनाको, बैतेश्वर गाउँपालिकाका १७ जनाको र गौरीशंकर गाउँपालिकाका १२ जनाको स्वाव परिक्षण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
दोलखामा कोरोनाको दोस्रो लहरमा ः २६ जनाले कोरोना संक्रमण जिते
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक २ जेष्ठ २०७८, आईतवार १७:४१
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "दोलखामा कोरोनाको दोस्रो लहरमा ः २६ जनाले कोरोना संक्रमण जिते"