दीक्षण दैनिक
चरिकोट, बैशाख २९
नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना संक्रमणको कारण बागमती प्रदेशसभा सांसद पशुपति चौलागाईँको मँगलबार साँझ निधन भएको छ । एमालेका प्रभावशाली र लोकप्रिय नेता एवं साँसद चौलागाईँको काठमाडौँस्थित मनमाहेन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो । काठमाडौँमा नमूना स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा बैशाख २० गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई संक्रमण भएको दुइ दिन पछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत सांसद चौलागाईको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । एमालेका लोकप्रिय नेता चौलागाईँ गत निर्वाचनमा दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा एमालेको युवा संघका पूर्व अध्यक्ष समेत रहेका चौलागाईं यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाईं एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अञ्चलको इन्चार्ज समेत थिए । काठमाडौं पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, १ छोरा र २ छोरी छन् । श्रीमती र १ छोरीलाई समेत कोरोना पोजेटिभ देखिएका कारण उनीहरू होम आइसोलेसनमा छन् । केही साता अघि संघिय सांसद पार्वत गुरुङ तथा बागमति प्रदेश सांसद विशाल खड्का र सांसद पशुपति चौलागाईँको सांसद विकास कोषबाट प्राप्त आर्थिक सहयोगले चरिकोटमा नै पिसिआर प्रयोगशाला स्थापना गरिएको थियो ।
नेकपा कम्युनिष्ट पार्टी (एमाले) केन्द्रिय कार्यालयका कार्यालय सचिव शेर बहादुर तामाङद्धारा जारी शोक सन्देश
Be the first to comment on "कोरोना संक्रमणबाट सांसद पशुपति चौलागाईँको निधन"