नेपाल पत्रकार महासंघ दोलखाकाे भवनमा ५ शैयाको आइसोलेसन

दीक्षण समाचार
चरिकोट, बैशाख २८
चरिकोटमा रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको भवनमा ५ शैयाको आइसोलेसन निर्माण गरिएको छ। दोस्रो लहरको नयाँ भेरियन्टसहितको कारोना भाइरसबाट जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरु संक्रमित भएमा उपचार व्यवस्थापनका लागि आइसोलेसन निर्माण गरिएको हो । महासंघको हलमा निर्माण गरिएको आइसोलेसन कक्षमा ५ वटा अक्सिजनको सिलिन्डरको व्यवस्था गरिएको छ । आइसोलेसनमा निर्माणमा दोलखा सामुदायिक हस्पिटलले सहयोग गरेको शाखाका अध्यक्ष दिपशंकर चौलागाईँले बताए । जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको ग्राफ उकालो लाग्दै गर्दा सञ्चारकर्मीहरु पनि जोखिममा रहेका छन् । यद्यपी उनिहरुले कोरोनाबाट सुरक्षित हुने प्रयास गर्दै सूचना संकलन तथा प्रवाह गरिरहेका छन् । यो विपतिमा नागरिकले पाउनुपर्ने सूचनाको हकलाई सुनिश्चित गरिरहेका छन् । यसरी सूचना संकलन तथा सम्प्रेषण गर्दा कोही सञ्चारकर्मी कोरोनाबाट संक्रमित वा प्रभावित भएमा उनिहरुको उपचार व्यवास्थापनका लागि पत्रकार महासंघकै भवनमा आइसोलेसनको व्यवस्था गरिएको हो । आपतकालिन अवस्थामा सञ्चारकर्मी बाहेकका संक्रमितलाई आइसोलेसनमा व्यवस्थापन गर्न सकिने नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष श्रीजन कुमार घिमिरेले बताए ।

Shares

Be the first to comment on "नेपाल पत्रकार महासंघ दोलखाकाे भवनमा ५ शैयाको आइसोलेसन"

Leave a comment

Your email address will not be published.


*