दाेलखामा काेराेना संक्रमणकाे कारण एक जनाकाे मृत्यु

दीक्षण समाचार
चरिकोट, बैशाख २७
दोलखाको कालिन्चोक गाउँपालिकाका वडा नं. ८ का एक पुरुषको आज कोरोना संक्रमणको कारण मृत्यु भएको छ । चरिकोट अस्पतालमा उपचाररत ५० वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताए । ति पुरुष केही दिन अघि नै स्वास्थ्यमा समस्या आएको भन्दै हिजो चरिकोट अस्पताल आएका थिए । उनको स्वाब संकलन गरी पिसिआर जाँच गर्दा हिजै कोरोना पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जून पौडेलका अनुसार ति पुरुषको अक्सिजन लेबल अत्यन्तै कम भएको अवस्था चरिकोट अस्पतालमा आएका थिए । उनलाई अस्पतालको सम्पुर्ण शक्ति प्रयोग गरी उपचार गर्दा पनि बचाउन नसकिएको उनले बताए । उनले भने “ स्वास्थ्य अवस्था जटिल भएपछि ति पुरुष अस्पताल आएका थिए । अस्पतालको सम्पूर्ण शक्ती ति व्यक्तिको उपचारमा लगाइएको थियो । यद्यपी उनको आज मृत्यु भएको छ ।” मृतक पुरुषको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्न लागी रहेको छ । मृतकको विषयमा केही समयपछि प्रेस विज्ञप्ती जारी गरिने बताइएको छ ।

Shares

Be the first to comment on "दाेलखामा काेराेना संक्रमणकाे कारण एक जनाकाे मृत्यु"

Leave a comment

Your email address will not be published.


*