दोलखा भिमसेनको ‘महाप्रसाद’ भोली राष्ट्रपति समक्ष पठाइदैँ

दीक्षण समाचार
चरिकोट, बैशाख २५
दोलखाको सदरमुकाम चरिकोट बजार नजिकै रहेको दोलखास्थित भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । आज मध्यान्ह १२ बजेर १५ मिनेटदेखि साँढे १ बजेसम्म लगातार पसिना आएको हो । मन्दिरका पुजारी काशीनारायण श्रेष्ठका अनुसार मन्दिरमा छक्काल पूजा गर्ने क्रममा भिमशिनको शिलामा पसिना आएको बताए । शिलाको दाँया भागबाट र केही समयपछि बीच भागबाट पसिना आएको पुजारी श्रेष्ठले जानकारी दिए । मन्दिरको शिलामा पसिना आएपछि स्थानीय भक्तजनहरु भेला भएर अनिष्ट नहोस् भन्दै घण्टा, नगरा, झ्याली, बाजा बजाएर पूजाआराधाना गरेका थिए । साथै शिलाको पसिना पुजारीले कपासले पुछेका थिए । उक्त कपासलाई प्रसादको रुपमा लिइन्छ । मन्दिरमा उपस्थित भक्तजनलाई पनि पसिना पुछेको कपास महाप्रसादको रुपमा दिइने गरिन्छ । थप क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछेको कपास परम्परा अनुसार जिल्ला प्रशासन कार्यालयको रुहोवरमा गृह मन्त्रालयमार्फत र राष्ट्रपति कहाँ पठाइने जनाइएकाे छ । शिलामा पसिना आएको जानकारी राष्ट्रपति कार्यालयलाई पनि जानकारी दिइसकिएको र प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख मन्दिर पुगी भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितिका पदाधिकारीहरुसँग बैठक बसी मन्दिरको उक्त महाप्रसाद आइतबार राष्ट्रपति समक्ष पठाइने व्यवस्था मिलाइएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी, गुठियार, जप्रतिनिधि लगायतको १ टोलीले भोली नै सुरक्षा व्यवस्थासहित महाप्रसाद लिएर राष्ट्रपतिकहाँ पुग्नेछन् । मन्दिरको शिलाबाट आएको पानीको थोपालाई पसिनाको रुपमा लिइने धार्मिक विश्वास रहेको छ । ताकि पसिना आउनुलाई सकारात्मक वा नकरात्मक परिवर्तन तथा अनिष्ट घटनाको पूर्वसूचनाको रुपमा लिइन्छ ।

Shares

Be the first to comment on "दोलखा भिमसेनको ‘महाप्रसाद’ भोली राष्ट्रपति समक्ष पठाइदैँ"

Leave a comment

Your email address will not be published.


*