दीक्षण समाचार
चरिकोट, बैशाख २२
दोलखाको चरिकोटस्थित चरिकोट अस्पतालमा पिसिआर ल्याब सञ्चालन गरिएको छ । ल्याब सञ्चालनका लागी जनशक्ती व्यवस्थापन र सम्पूर्ण तयारी पूरा भएपछि बुबधार जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे र भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले संयुक्त रुपमा उद्धघाटन गरेका छन् । अबको केही समयपछि उक्त ल्याबबाट व्यक्तिको नमुना स्वाबको परीक्षण गर्न सुभारम्भ गरिने चरिकोट अस्पतालले जनाएको छ । ल्याबमा नमुना स्वाबकाे परीक्षणपछि व्यक्तिमा कोरोना भएनभएको रिपोर्ट ३ घण्टामा आउने छ । जसले गर्दा अब पिसिआर परीक्षणको लागी नमुना स्वाब धुलिखेल तथा काठमाडाैँ पठाउनुपर्ने बाध्यता हटेको छ । सँघिय सांसद एवम् सञ्चार तथा सुचना प्रविधी मन्त्री पार्वत गुरुङ र दोलखाबाट निर्वाचित बागमती प्रदेश सांसदहरु विशाल खड्का, पशुपति चौलाागाईँले सांसद विकास कोषबाट ५०÷५० लाख रुपैयाँ उपलब्ध गराएपछि टेन्डर प्रक्रियामार्फत् पिसिआर मेसिन जडान गरिएको हो ।
Be the first to comment on "अब चरीकोटमै हुन्छ पिसिआर परीक्षण"