दोलखामा आज रातिदेखि १० दिन निषेधाज्ञा गरिने

दीक्षण समाचार
चरिकोट, बैशाख २२
दोलखामा बुधबार राती १२ बजेदेखि लागुहुने गरी १० दिनसम्मका लागी निषेधाज्ञा गरिने भएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा बुधबार रातीदेखि लागू हुने गरी बैशाख ३१ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा गर्ने निर्णय गरेको हो । लक्षणसहितको कोरोना संक्रमितको संख्या जिल्लामा तीव्र रुपमा वृद्धि हुन थालेको अवस्थामा मानिसहरुले स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेका छैनन् । जसले गर्दा समुदायस्तरमै कोरोना फैलिन थालेको छ । थप मानिसमा संक्रमण फैलन नदिन १० दिनसम्म निषेधाज्ञा गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईँले बताए । जिल्लाका उद्योगी व्यवसायीहरु र सञ्चारकर्मी लगायतले जिल्लामा लकडाउन गरी पिसिआर र एन्टिजेन प्रविधीबाट काेराेना परीक्षणको दायरा बढाई उपचार कार्यलाई तीव्रता दिइनुपर्ने माग राख्दै आएका थिए ।

Shares

Be the first to comment on "दोलखामा आज रातिदेखि १० दिन निषेधाज्ञा गरिने"

Leave a comment

Your email address will not be published.


*