जिरी नगरपालिकाकाे सेवा प्रवाह बन्द

दीक्षण समाचार
चरिकोट, बैशाख १९
दोलखाको जिरी नगरपालिकाको सेवा प्रवाह अनिश्चितकालका लागी बन्द गरिएको छ । अाइतबार बसेकाे नगर कार्यापालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाको कार्यालयमा कोरोना प्रभाव भएको कारण नगरपालिका तथा सम्पुर्ण वडा कार्यालयहरुको सेवा प्रवाह बन्द गरिएको हो । नगरपालिकाका ४ नागरिक सहित १ जना नगर कर्मचारीमा पनि कोरोना पुष्टि भएकोले थप अरुमा कोरोना प्रसार नहोस,् भनि नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा प्रवाह बन्द गरिएको बताइएको छ । सामाजिक सञ्जाल तथा वेवसाइडमार्फत् नगर प्रमुख टंक जिरेलद्धारा हस्ताक्षिरित सूचना जारी गर्दै सेवा प्रवाह अर्को सूचना जारी नभएसम्मका लागी बन्द गरिएको जनाइएको छ । नगरपालिकाको वडा नं. ३ स्थित वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह भने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी बैशाख १६ गतेदेखि नै बन्द गरिएको थियो ।

Shares

Be the first to comment on "जिरी नगरपालिकाकाे सेवा प्रवाह बन्द"

Leave a comment

Your email address will not be published.


*