दोलखा प्रहरीकाे अभियान ः ‘खोई मास्क ?‘

किर्ते तामाङ
चरिकोट, बैशाख १५
दोलखा प्रहरीले आइतबारदेखि खोई मास्क? अभियान सञ्चालन गरिरहेको छ । मास्क लगाई कोरोनाबाट आफु पनि बाचौँ, अरुलाई पनि बचाऔँ भन्ने सन्देशका साथ खोई मास्क ?अभियान सञ्चालन गरिएको हो । स्थानीय तह, कार्यालय, संघसंस्था एवं सरोकारवालाहरुको सहभागितामा मास्कको प्रयोग बारे सचेतना प्रवाह गर्न सो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । अभियान अन्तर्गत चरिकोट बजारसहित जिल्लाका मुख्य बजार क्षेत्रमा प्रहरी सडकमा आई सर्वसाधारणले मास्क लाए÷नलाएको अनुगमन तथा निरीक्षण गर्ने गरेको छ। कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेको बेला कतिपयले मास्कबिनै बजार हिँडडुल गरेको पाइयो । त्यसैले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोइाराला बताए । ‘कोरोना भाइरसबाट जोगिन महत्वपूर्ण अस्त्रहरुमध्ये मास्कको प्रयोग प्रभावकारी रहेको छ । यसर्थ मास्कको सही प्रयोग गर्न अभियानले सचेतना प्रवाह गरेको छ ।’ उनले भने ‘ अहिले आफू पनि बाँच्ने र अरुलाई पनि बचाउन तर्फ सबै लाग्नुपर्छ । त्यसको लागि सबैले स्वास्थ्य मापदण्डको पुर्ण रुपमा परिपालना गर्नूपर्छ ।’ अभियान अन्तर्गत कोहीकसैले मास्क नलगाएको पाइएमा मास्क लगाउन अनुरोधसहित मास्क वितरण पनि गर्ने गरिएको उनले बताए । हालसम्म चरिकोट क्षेत्रमा मास्कबिनै हिंड्ने ५ सय ४० जना व्यक्तिलाई कोरोना भाइरसको असर र मास्कको प्रयोगबारे जानकारी दिई मास्क वितरण गरिएको उनले बताए । यो अभियान केहीदिन सम्म सञ्चालन गरिने र त्यसपछि पनि मास्कको प्रयोग नगर्नेहरुलाई प्रचलित कानून बमोजिम कारबाही गरिने समेत जनाइएको छ ।

तस्बिरः किस्मा थामी

Shares

Be the first to comment on "दोलखा प्रहरीकाे अभियान ः ‘खोई मास्क ?‘"

Leave a comment

Your email address will not be published.


*