२ वटा स्वास्थ्य चौकी भवन उद्घाटन

दीक्षण समाचार
चरिकोट, बैशाख १२
दोलखाको तामाकोशी गाउँपालिकामा नवनिर्मित सुविधा सम्पन्न २ वटा स्वास्थ्य चौकी एकैदिन उद्घाटन गरिएको छ । २०७२ सालको महाभूकम्प स्मृति दिवसको अवसरमा आइतबार बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकी भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको हो । दुबै स्वास्थ्य चौकीको उद्घाटन तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले गरे । नेपाल सरकारको आर्थिक सहयोगमा ड्रागन शिवालय अविसा जेवीले २०७६ असार १८ देखि निर्माण सुरु गरेको दुबै स्वास्थ्य चौकी भवन २०७७ चैत्र २५ गते निर्माण सम्पन्न गरेको थियो । दुइ वटै भवनहरु डेढ तल्लाको रहेको छ । भुँइतल्लाको ७ कोठामा स्वास्थ्यका लागि र माथिल्लो तल्लाको ३ वटा कोठा आवासको रुपमा प्रयोग हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) दोलखाले जनाएको छ । च्याँमा स्वास्थ्य चौकीको भवन १ करोड ३६ लाख १८ हजार ६ सय ९० रुपैयाँ (भ्याट बाहेक) र हाँवा स्वास्थ्य चौकीको भवन १ करोड ४२ लाख ५२ हजार ९ सय ९४ रुपैयाँ (भ्याट बाहेक) मा लागतमा निर्माण सम्पन्न भएको हो । च्याँमा स्वास्थ चौकी भवन निर्माणको लागि वडा नं. ६ ले ५ रोपनी जग्गा खरीद गरेको थियो । भने हाँवा स्वास्थ्य चौकी भवन निर्माणको लागि वडा नं. ७ ले पनि ५ रोपनी जग्गा खरीद गरेको थियो । स्वास्थ्य चौकी उद्घाटन तथा हस्तान्तरण समारोहमा तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वर चन्द्र पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) दाेलखाका निमित्त प्रमुख, इन्जिनियर अर्जून तामाङ, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र र सम्बन्धित वडाका वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

हाँवा स्वास्थ्य चाैकीकाे भवन

Shares

Be the first to comment on "२ वटा स्वास्थ्य चौकी भवन उद्घाटन"

Leave a comment

Your email address will not be published.


*