पाँच लाख भन्दा बढि राजस्व संकलन

किर्ते तामाङ÷चरिकोट, दोलखामा १ महिनाको अवधीमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कारबाहीबाट ५ लाख भन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार चैत्र महिनामा ७ सय सवारी साधनलाई कारबाही गर्दा १ महिनाको अवधीमा ५ लाख ६९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो । कार्यालयका अनुसार कारबाहीमा परेका सवारीसाधनमध्ये मोटरसाइल धेरै संख्यामा रहेका छन् । २ सय ५४ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । जसबापत २ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयका जवान सुरेन्द्र ढकालले बताए । त्यसैगरि १ सय ७० वटा ट्रक कारबाहीबाट १ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ६२ वटा बस कारबाहीमा पर्दा ५ हजार ५ सय रुपैयाँ, १ सय ८२ वटा जीपकारबाट १ लाख ४२ हजार, ३२ वटा ट्याक्टरबाट २२ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी जवान ढकालले बताए । सवारी साधन अनुमति पत्र नबोक्ने, सिटबेल्ट,हेल्मेट प्रयोग नगर्ने, क्षमता भन्दा बढी बोक्ने, मापसे गरी सवारी साधन चलाउने लगायत ट्राफिक नियमको पालना नगर्ने सवारी साधन कारबाहीमा परेका थिए । ट्राफिक नियमको परिपालना नगर्ने प्रवृत्तिका कारण दुर्घटना बढेकोले त्यसको न्यूनिकरणको एक उपाय स्वरुप कारबाही पनि रहेको ट्राफिक प्रहरीले बताएका छन् । राजस्व संकलन गर्नु भन्दा पनि दुर्घटना न्युनिकरण गर्नका लागि सचेतनामूलक गतिविधीमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ ।

Shares

ePAPER 2081/07/30

Be the first to comment on "पाँच लाख भन्दा बढि राजस्व संकलन"

Leave a comment

Your email address will not be published.


*