अभिनयलाई सम्मान

इश्वर बिश्वकर्मा
चरिकोट,बैशाख २
मेची–महाकाली पैदल यात्रा सम्पन्न गरी घर फर्किएका कालिन्चोक गाउँपालिका वडा नं. ३ का अभिनय कार्की सम्मानित भएका छन् । उनलाई बिहीबार एक समारोहका बीच वडाध्यक्ष निशान बुढाथोकीले सम्मानपत्र सहित खादा ओढाएर सम्मान गरेका हुन् । पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म पैदल यात्रा गरी विश्वभरी नै आफ्नो सहित वडाको नाम उच्च राख्न सफल भएकोमा उक्त योगदानको सम्मान गर्दै अभिनयको उज्वल भविष्यको कामनाका साथ सम्मान गरिएको वडा नं. ३ का वडाध्यक्ष निशान बुढाथोकीले बताए । फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर ‘विश्वभर सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामना’ का साथ सय भन्दा बढी देशहरुको राष्ट्रिय झण्डासहित मेची पुलबाट पैदलयात्रा शुरु गरेका कार्कीले चैत २७ गते महाकालीको कन्चनपुरको नेपाल–भारत सिमाना गड्डा चौकीस्थित सीमास्तम्भ ८०५–१९७० मा पुगेर यात्रा सम्पन्न गरेका थिए । मेचीकाली यात्रा सफलतापूर्वक सम्पन्न गरेका अभिनयले साइकलमार्फत देशव्यापी यात्रा गर्ने योजना बनाएका छन् । उनले आगामी असार ६ गतेदेखी फ्रस्टेशन, डिप्रेसन र लागुऔषध दूव्र्यसन त्यागौ, समृद्ध देश निर्माणका लागि युवाहरु एकजुट भन्ने नारासहित नेपालका ७७ वटा जिल्लाहरु साइकलमार्फत् यात्रा गर्ने योजना बनाएका हुन् । आफ्नो यात्रा १ सय दिनमा पुरा गर्ने लक्ष्य लिएका अभिनयले प्रसिद्ध कालिन्चोक मन्दिर परिशरबाट यात्रा सुभारम्भ गर्ने बताएका छन् । यसको निम्ति आवश्यक समन्वय तथा सहकार्य भईरहेको कार्कीले जानकारी दिए । पहिलो यात्रा सबैको साथसहयोग र मायाले सफल भएको बताउदैँ अभिनयले अब दोस्रो यात्रा अझ साहसिक हुने र यसमा अझ थप साथसहयोगको अपेक्षा राखेका छन् ।

Shares

Be the first to comment on "अभिनयलाई सम्मान"

Leave a comment

Your email address will not be published.


*