अभिनयको यात्रा सफल

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २८
विश्वका सबै देशका नागरिकको आकांक्षा हो सुख, शान्ति, समृद्धि । यी आकांक्षा पूरा गर्न नागरिक र राज्यतर्फबाट अनेकौँ प्रयासहरु भईरहेका छन् । नेपालले त ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई अंगिकार गरी यही लक्ष्य प्राप्तिमा लम्किरहेको छ । यो आकांक्षा सबै नेपाली नागरिकको हो । हो, त्यही आकांक्षीमध्येका एक हुन्, दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ३ का अभिनय कार्की । जसले नेपालमामात्रै होइन, विश्व भर सुख, शान्ति समृद्धि र राष्ट्रिय एकताको कामना गर्दै नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म एक्लै पैदलयात्रामा निस्किए, अनि सफलतापूर्वक यात्रा समापन गरे । फागुन ६ गते आफ्नो जन्मदिनको अवसर पारी १ सय देशको झन्डा सहित झापाको मेचीबाट यात्राको सुभारम्भ गरेका अभिनयले २७ चैत्र शुक्रबार महाकाली पुगी यात्रा समापन गरेका हुन् । यात्रा सुभारम्भ गरेको ३७ औं दिन शुक्रबार ९ः ३० बजे कञ्चनपुरको गड्डा चौकी स्थित नेपालभारत सिमा स्तम्भ ८०५ –१(७) मा पुगेर यात्रा समापन गरेका हुन् । यात्राका क्रममा उनका सामू विभिन्न चूनौतीहरु आए, तर उनि लक्ष्य पुरा गर्ने संकल्प अनि नेपाल र नेपालीको सहयोगलाई स्मरण गर्दै, आर्शिवादलाई शिरोधार्य गर्दै निरन्तर हिंडिरहे । कुनै दिन रातीराती हिंडे, अनि अनाकन्टार जंगलको बाटो हिंडे, कहिले भोकैप्यासै हिंडे त कुनै दिन अस्वस्तामा पनि हिंडीरहे । पूर्वमेची देखि पश्चिम महाकाली सम्म पैदल यात्रा गरे । उनि भन्छन् ‘ यात्राका क्रममा अनेक अनुभव र अनुभूती गर्ने अवसर मिल्यो । त्यही अनुभव र अनुभूतीलाई पुस्तकमार्फत् सबैको माझमा पु¥याउने छु ।’ सञ्चार माध्यममा पनि आफ्नो क्षमतालाई उजागर गर्दै आएका अभिनय विभिन्न व्यक्तिको जीवनीबाट प्रेरित भएका छन् । अनि आफूपनि उस्तै बन्ने संकल्प लिन्छन् । अनि नयाँ र फरक अभियानको सूरुवात गर्छन् । मेचीमहाकाली यात्रा सफल भएकाले अब उनि नेपाल भर साइकलमार्फत यात्रा गर्ने योजनामा छन् । उनि भन्छन् ‘ प्रथम चरणको अभियान सफल भयो । अब दोस्रो अभियान पूरा गर्नुछ । यसमा पनि सबैले साथ दिनुहुने छ ।’ पछिल्लो परिवेसमा युवाहरु फ्रस्टेशन, डिप्रेशन लगायत लागू औषध र कुलतको सिकार बनिरहेकोले आफू चिन्तित बन्दै उनिहरुलाई ती त्यस्ता कुलतहरु बाट छुटकारा मिलोस र देश विकासका निम्ति जागृत र सक्रिय बनुन भन्दै कामना सहित अभिनय अभियानमा लागेका छन् ।

तस्बिर ः सिन्धु अन्लाइन पाेष्ट

Shares

Be the first to comment on "अभिनयको यात्रा सफल"

Leave a comment

Your email address will not be published.


*