चरिकाेटमा दलित जनप्रतिनिधिकाे भेला

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २१
दोलखाको सदरमुकाम चरिकोटमा शनिबार एकसाथ जिल्लाका सबै दलित जनप्रतिनिधि भेला भएका छन् । २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित भएको ४ बर्षपछि प्रथमपटक एकै स्थानमा जिल्लाका ७४ वटा वडामध्ये ७३ वटा वडाका दलित महिला वडा सदस्य तथा पालिकाहरुका दलित कार्यपालिका सदस्यहरु भेला भएका हुन् । स्थानीय तहका जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गराउने उद्देश्यले २ दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जिससले यो भेलाको अवसर जुराइदिएको हो । कार्यक्रममा जिसस प्रमुख डबल पाण्डे, राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सुन्दर लामीछाने, दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्री तिवारी लगायतले सहजीकरण गरिरहेका आयोजकले जनाएको छ । उद्घघाटन समारोहमा जिसस प्रमुख डबल पाण्डेले कानुन र ऐनले निर्दिष्ट गरेअनुसार निवार्चित दलित जनप्रतिनिधिहरुले काम गर्न थप सक्षम बनाउन जिससको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए । राज्यले दलित समुदायको शसक्तिकरणको अभियानमा उत्कृष्ट रणनीति लिएको र त्यसको पूर्ण कार्यान्वयनका लागि दलित जनप्रतिधिको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिनुपर्छ । त्यसैले दलित शसक्तिकरणको अभियानलाई थप सशक्त बनाउन सहयोग पु¥याउने उद्धेश्यका अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । ‘हुन त धेरै अनुभव लिइसकेका छन्, दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिले । तर पनि सबै सक्षम बन्न सकेका छैनन् । त्यसैले यो कार्यक्रम आयोजना गरिएको हो ।’ जिसस प्रमुख पाण्डेले भने ‘यो कार्यक्रमले दलित जनप्रतिनिधिको थप व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा केही टेवा पुग्ने छ ।’ उद्धघाटन समारोहमा जिसस उपप्रमुख मनमाया जिरेल, सहायक प्रमुख जिल्ला अधिकारी बद्री तिवारी, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले दलित जनप्रतिनिधिहरु सक्षम र क्षमतावान् भए दलित शसक्तिकरणको अभियानमा टेवा पुग्ने बताएका थिए । अन्तरक्रिया कार्यक्रम अाइतबार सम्म सञ्चालन हुने छ ।

Shares

Be the first to comment on "चरिकाेटमा दलित जनप्रतिनिधिकाे भेला"

Leave a comment

Your email address will not be published.


*