चरिकोट(दीस) – दोलखाको भीमेश्वर नगरपालिकामा मुख्य कार्यालय रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले दोस्रो वित्तीय साक्षरता तथा सदस्य शिक्षा शिबिर सम्पन्न गरेको छ । आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता मार्फत आम्दानी,खर्च ,बचत ,बजेटको निर्धारण र परिचालन तथा बीमाको महत्व,विप्रेषण सेवा लगायतका विषयमा जानकारी गराउने उद्देश्यले सो कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले जानकारी दिइन् । कार्यक्रममा सहभागिले संस्थाले आफ्नो दैनिक जीवनमा यस किसिमको शिक्षाले ठूलो महत्व राख्ने र अबका दिनमा सोही अनुरुप आम्दानी खर्चको बजेट बनाएर मात्र अघि बढ्ने तथा बीमा र विप्रेषण लगायतका शिक्षा र सहभागीता पनि अत्यन्त महत्वपूर्ण रहेको कुराहरु राख्दै संस्थाले यस किसिमको कार्यक्रम राखेकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाको सञ्चालक समितिका सदस्य,शिक्षा उप–समिति संयोजक तथा अन्य उप–समितिका सदस्यको उपस्थिति रहेका उक्त कार्यक्रमको सञ्चालन संस्थाकी ऋण उप–समिति सदस्य शान्ति नेपालले गरेकी थिइन । संस्थाले यस अघि चैत्र ११ गते भीमेश्वर नगरपालिका वार्ड नं.–३ चरिघ्याङ्गमा पहिलो वित्तीय साक्षारता तथा सदस्य शिक्षा शिवीर कार्यक्रम सम्पन्न गरेको थियो । यो कार्यक्रम संस्थाको कार्यक्षेत्रका प्रत्येक वडामा विभिन्न मितिमा सञ्चालन हुनेछ । सोमबार भीमेश्वर नगरपालिका–२ दोलखामा सम्पन्न भएको कार्यक्रममा संस्थाका २५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
Be the first to comment on "दोस्रो वित्तिय साक्षरता तथा सदस्य शिक्षा शिबिर सम्पन्न"