काठमाण्डाै – बेलायतले म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । म्यानमारमा सेनाको ज्यादती बढ्दै गएको भन्दै बेलायतले आफ्ना नागरिकलाई फर्किन आग्रह गरेको हो । म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको ज्यादतीको बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया लगायत विभिन्न १२ देशले भत्सर्ना गरेका छन्। म्यानमारमा अस्ति एकैदिन सेनाको गोली लागेर बालबालिकासहित एक सयभन्दा धेरैको ज्यान गएको थियो । हिंसा लगातार बढ्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले घटनाको भत्सर्ना गर्दै आएका छन् । अमेरिकाले म्यानमारको सुरक्षाबललाई ‘आतंकको शासनकाल’ भनेको छ । गएको फेब्रुअरी १ तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएदेखि नै अमेरिकाले यसको विरोध गर्दै आएको छ ।हिंसामा एक सयभन्दा धेरैको ज्यान गएपछि म्यानमारका सैन्य प्रमुख मिन आङ लाइङ र उहाँका जनरलहरूले रातमा भव्य भोज गरेको बीबीसीले जनाएको छ । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारी मारिएका छन् ।
म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतकाे आग्रह
TOPICS:विदेश
Posted By: दीक्षण दैनिक १६ चैत्र २०७७, सोमबार ०७:३२
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १०:०३
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
१० मंसिर २०८१, सोमबार १३:५५
भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो
१० मंसिर २०८१, सोमबार १४:०५
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
१० मंसिर २०८१, सोमबार १४:००
सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल
१० मंसिर २०८१, सोमबार १४:१३
Be the first to comment on "म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतकाे आग्रह"