चरिकोट (दीस) – दोलखाको भीमेश्वर नगरपालिकामा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. चरिकोट दोलखाले आठौँ सेवा केन्द्र ल्याएको छ । आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गर्ने सेवा सहज र नजिक बनाउनको लागि बिगु गाउँपालिकाको वडा नं ८ थामी चाँगु दोलखामा आठौ सेवा केन्द्र सँञ्चालनमा ल्याएको हो । कार्यक्रममा पालिकाका उपप्रमुख संन्जीव ओलीले सहकारीसँग समन्वय गरेर समुदायको बिकासको लागि अघि बढ्न स्थानीयलाई सुझाब दिए । “अब बिरामी पर्दा र समस्या हुँदा अन्यन्त्र धाउँनु पर्ने कुराको अन्त्य भएको छ , यसको समाधान गर्न मिलिजुली कालिञ्चोक साकोसले मद्धत पु¥याउने छ ” ओलीले भने । कार्यक्रममा नेफ्स्कुनका संचालक सदस्य जिबशराज खड्काले संस्थाले यस क्षेत्रमा आफ्नो सेवाकेन्द्र बिस्तार गरेकोमा खुशि ब्यक्त गर्दै सदस्यहरुको बिकासको लागि संस्था सदैब अगाडि बढिरहने बिश्वास व्यक्त गरे । संस्थाले दिगो र भरपर्दो रहेकोले सबै समुदायलाई संस्थामा आबद्ध हुनको लागि आग्रह गरे । स्थानीय कुमारी थामीले संस्थाले सेवाकेन्द्र सञ्चालन गरेर बचत गर्ने बानिका बिकासको साथै बिप्रेषण सेवा, बिद्युत् बिल भुक्तानी सेवा लगायतका आर्थिक कारोवारमा सहजता ल्याइ दिएकोमा धन्यबाद ब्यक्त गर्दै संस्थाको प्रगतीको कामना गरिन् । सो अवसरमा सेवा सञ्चालन हुने उक्त ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिलाहरुलाई स्वास्थ्य सचेतना फैलाउनको लागि स्त्रीरोग परिक्षण शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा १३१ जना ब्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएका थिए । संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले संस्थाले ग्रामीण भेगमा सेवा दिनको लागि सेवा केन्द्र स्थापना गरेको बताए । सहकारीले सामाजिक उतरदायित्व अन्र्तगत स्त्रीरोग परिक्षण गराएको बताए । श्रेष्ठले सहभागी सबैमा धन्यबाद दिई संस्थाको ऐतिहासिक पृष्ठभुमी , संस्थाको सफलता र संस्थाको सदस्यहरुको लागि सेवा र सुबिधाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पत्रकार, समाजसेबी ,स्थानीय बासिन्दा, संचालक समिति, उपसमिति, र कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका सहायक ब्यवस्थापक रमेश सापकोटाले सञ्चालन गरेका थिए भने उपस्थित सम्पुर्णलाई संस्थाका सञ्चालक समिति सदस्य कृष्ण प्रसाद अधिकारीले स्वागत मन्तब्य राखेका थिए ।
Be the first to comment on "मिलिजुली कालिञ्चोक साकोसले ल्यायो विगुमा आठौँ सेवा केन्द्र"