दीक्षण समाचार
चरिकोट, चैत्र १०
दोलखाको सदरमुकाम चरिकोटमा सहकारी व्यवस्थापन सम्बन्धी ३ दिने तालिम मंगलबारबाट सुरु भएको छ । ‘मर्यादित श्रम र पर्यटनको लागि सहकारी’ भन्ने मुल नाराको साथ राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकाे आयोजना र जिल्ला सहकारी संघ लिमिटेड दोलखाको संयोजनमा तालिम सुरु भएको हो । तालिममा जिल्ला सहकारी संघमा दोलखामा आबद्ध सहकारी संस्थाका सञ्चालक समितिका पदाधीकारी र सहकारी व्यवस्थापक सहित ३० भन्दा बढीको सहभागीता रहेको आयोजकले जनाएको छ । महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले सहभागीहरुको क्षमता अभिबृद्धिका लागि सहकारी संस्था व्यवस्थापन तथा सञ्चालन सम्बन्धमा प्रशिक्षण दिइरहेका छन् । जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईँले सहकारीको व्यवस्थापनलाइ प्रभावकारी बनाउन तालिम कोषेढुङ्गा सावित हुने बताए । उक्त तालिम चैत्र १३ सम्म सञ्चालन हुने छ ।
Be the first to comment on "दोलखामा सहकारी व्यवस्थापन सम्बन्धी तालिम सुरु"