चरिकोट (दीस) –अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ, दोलखा र ह्याण्डीक्याप इन्टरनेशनलको साझेदारीमा दोलखा जिल्लाको भिमेश्वर र जिरी नगरपालिकामा सञ्चालित कोभिड –१९ आकस्मिक प्रतिकार्य ) परियोजना अन्तर्गत भीमेश्वर नगरपालिकामा रहेको चरिकोट अस्पतालमा आउने व्यक्तिहरुका लागि सूचना, शिक्षा तथा सञ्चार गर्नका लागि आइसी कर्नर स्थापना गरिएको छ । संस्थाले आइसी कर्नर स्थापना गर्न स्मार्ट टि.भी, डिजिटल डिस्प्ले बोर्ड लगायतका सामाग्रीहरु उपलब्ध गराई कोभिड –१९ लगायत स्वास्थ्यसँग सम्वन्धित सुचना तथा सञ्चार प्रसारण गरिने छ । जसका कारण अस्पताल आएका व्यक्तिहरुले आफ्नो फुर्सदको समयको सदुपयोग गरी सूचना तथा शिक्षा लिन सक्नेछन् । नगरपालिकाका नगर प्रमुख भरत बहादुर के.सीले आम नागरिकलाई सचेतना गर्नका लागि सामाग्रीहरुले सहयोग पुग्ने बताए । उनले आगामी दिनमा यस्तै सहयोगको समेत अपेक्षा रहेको बताए । चरिकोट अस्पतालका इन्चार्ज डा. विनोद दंगालले यो सहयोग एकदम सान्दर्भिक र सराहानीय रहेको र स्वास्थ्य संस्थामा आइसी कर्नर स्थापनाले बिभिन्न ज्ञान हासिल गर्न सहयोग पुग्ने बताए । कार्यक्रम अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ, दोलखाका अध्यक्ष रामकृष्ण तमाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
चरिकोट अस्पतालमा आइसी कर्नरको स्थापना
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १० चैत्र २०७७, मंगलवार १५:३९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "चरिकोट अस्पतालमा आइसी कर्नरको स्थापना"