घुस लिएको अभियोगमा दाेलखाका सिँचाइ विभागका इन्जिनियर अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभाग डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।विभिन्न निर्माण व्यवसायी एवं उपभोक्ता समितिसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । सिनियर डिभिजनल इन्जिनियर अधिकारी र सब–इन्जिनियर जीतबहादुर तामाङविरुद्ध समान बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । रासस

Shares

Be the first to comment on "घुस लिएको अभियोगमा दाेलखाका सिँचाइ विभागका इन्जिनियर अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा"

Leave a comment

Your email address will not be published.


*