अस्पतालको शैंयाबाट दर्दले देश खेजीरहेछन्

जानुका न्याैपाने

यो अस्पतालको शैंयामा रगताम्मे मान्छे छन्
यी मानिसहरू उच्च रक्तचाप र पक्षघातले पीडित छन्

यी उच्च रक्तचापको अगाडि बेरोजगारी, अभाव र रित्तो खल्ती

दर्दहरू अस्पतालको बेडमा पोखिएका छन्
तर, कति बाँचेर पनि बाँचेका छैनन्
रोगहरूसँग बेहोसीमा नै आन्दोलनमा छन्

या त बेहोसमा बाँचिरहेका छन्

यी मानिसहरू अस्पतालमा छन्
पानी बेगरको माछा झैँ
पैसा नभएर पनि चिरिएको शरीर बोकेर रोदनमा छन्
पैसा पूरा समय उपचार लिन पाएका छैनन्
यी बिरामी सरकारस्तरमै

निःशुल्क उपचार पाएर गदगद हुन्थे होलान्
यी रोदन र चिच्याहटहरू
नगर र गाउँपालिकाका सरकार अगाडि
उपचार पाऊँ भनेर
अहिले धर्ना बसेर
उजुरी हाल्दैछन्

यी रोदनका ज्वालाहरू

विरामी बेडमा भित्रभित्रै जलिरहेछन्
यी चिरिएका टाउकाहरू
ऋणमा भए पनि मर्न चाहँदैनन्
यी दर्दहरू
चर्को फि र नीजि अस्पतालमा भएको
स्वास्थ्य उपचार पश्चात् मुखमा भोटे ताल्चा लगाउदैछन्
कि त
मनभित्रको जलनलाइ छोराछोरीको माध्यमबाट

विदेशमा पठाएर चर्को घाममा सुकाउँदैछन्

रोदन र चिच्याहटहरू
छताछुल्ल सडकमा जलाउँदैछन्
यी रोदनहरूलाई
राजनीति भाँडिएकोमा,

राजनीतिक बिचलनप्रति चिन्ता छैन
यी दर्दनाक पीडाहरू कोहि सडकमा जलाइने

फोहोरमा बाल्दैछन
यी चिच्याहटहरू कोहि चाही कोमामा बसेर

मुख बाहिरहेकाछन्
न यी दर्दहरू कोमामा भएकाहरूलाई चिन्दछन्
न पीडाहरू सरकारलाइ गन्दछन्

त्यसैले कोमामा भएकाहरूको मन आक्रान्त छ यतिबेला
दर्द सहनेहरूको परिवार, गाउँ रोएको छ यतिबेला
पीडाहरूको देश चुक चुकाएको छ यतिबेला
दर्द र पीडाहरूकै फाटो छ यति बेला

म यौटा सानो दर्द
म टाउँको, ढाड चिरेर पक्षघातले पिडीत
दर्दहरूको समुहबाट
हेरिरहेछु
द्वस र क्लेशहरूको खातीर
कहिले संग्लिन्छ
पक्षघात भएको मन
कहिले फहरिन्छ
एक आपसमा
भाईचरा र एकताको झण्डा
म सानो दर्द र पीडाको पोको
देशबासीहरू र देशको भलोको निम्ति
निरन्तर सोची रहेछु रक्तमुच्छेल भएर

अस्पतालको शैंयामा बसेर देश नडुबोस

निःशुल्क स्वास्थ्य उपचारको नीति बनोस्

मुखमा लगाइएको भोटे ताल्चा खोलेर पेट भरी खाना

शरीर ढाक्ने नाना र कमाएर खाने माना

स्वदेशमै पाइयोस भनेर टाउको चिरेका

रगत पक्ष भएका दर्द र चिच्याहटले पफेरि पनि देशकै

भलो चाहेका छन् ।

रगत पक्ष भएर बेहोसमा बाँचेर पनि

देश र सरकारको खेजी गरिरहेछन

हाम्रो उपचार कसले गरिदिने ?

हाम्रो पेट कसले भरिदिने ?

टाउको चिरेको दर्दले यही सोधीरहेको छ ।

मेरो देश र म जन्मिएको देश ।

Shares

Be the first to comment on "अस्पतालको शैंयाबाट दर्दले देश खेजीरहेछन्"

Leave a comment

Your email address will not be published.


*