काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लाई एकीकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित हुन पत्र पठाउने निर्णय गरेको छ ।आज बसेको आयोगको बैठकले सर्वोच्चको फैसालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएकाले साबिककै अवस्थामा १५ दिनभित्र एकताका लागि आयोगमा निवेदन दिन पत्र पठाउने निर्णय गरेको हो ।
“आयोगको मिति २०७५।२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी (लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको मिति २०७७।११।२३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (पन्ध्र) दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी (लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,” आयोगको विज्ञप्तिमा भनिएको छ ।
एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा रहेको जानकारी संघीय संसद्, सातैवटा प्रदेशसभा सचिवालय र जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय पनि आयोगले गरेको छ ।
Be the first to comment on "आयोगले एमाले र माओवादीलाई भन्यो- एकता गर्ने भए १५ दिनमा आउनू"