चरिकोट (दीस) –दोलखामा दोस्रो चरण अन्र्तगत कोरोना विरुद्ध खोप अभियानको पहिलो दिन आइतबार २ हजारभन्दा बढीले ‘कोभिशिल्ड’ खोप लगाएका छन् । सरकारको प्राथमिकतामा परेका ६५ वर्षमाथी उमेर समुहका १ हजार ३ सय ५० जना पुरुष र १ हजार ३ सय ६५ महिला गरी २ हजार ७ सय १५ जना नागरिकले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय दोलखाका अनुसार अन्य पालिकाको तुलनामा सबैभन्दा बढी शैलुङ गाउँपालिकाका १ सय ९७ जना पुरुष र २०४ जना महिला गरी ४ सय १ जनाले खोप लगाएका छन् । त्यस्तै सबैभन्दा कम जिरी नगरपालिकामा ७१ जना पुरुष र ६७ जना महिला गरी १ सय ३८ जनाले खोप लगाएका छन् । यस्तै अन्य पालिकाहरुमा पनि खोप लगाउने नागरिकहरुको सहभागिता उल्लेख्य रेहेको छ । भीमेश्वर नगरपालिकामा १ सय ६३ जना पुरुष र १ सय २८ जना महिला गरी २ सय ९१ जना, कालिन्चोक गाउँपालिकामा १ सय ७८ जना पुरुष र १ सय ९६ जना महिला गरी ३ सय ७४ जना, विगु गाउँपालिकामा १ सय ६३ जना पुरुष र १ सय ६८ जना महिला गरी ३ सय ३१ जना नागरिकले खोप लगाएका छन् । गौरीशंकर गाउँपालिकामा १ सय ५० जना पुरुष र १ सय ६६ जना महिला गरी ३ सय १६ जना, बैतेश्वर गाउँपालिकाका १ सय ५० जना पुरुष र १ सय ७२ जना महिला गरी ३ सय २२ जना, तामाकोशी गाउँपालिकाका १ सय ७९ जना पुरुष र १ सय ५६ जना महिला सहित ३ सय ३५ जनाले खोप लगाएका छन् ।मेलुङ गाउँपालिकाका ९९ जना पुरुष र १ सय ८ जना महिला गरी २ सय ७ जना नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लामा ५६ वटा स्वास्थ्य संस्थालाई कोरोना विरुद्धको खोप केन्द्र निर्धारण गरिएको छ ।६५ वर्षभन्दा माथी उमेर समुहका नागरिकहरुले उमेर खुल्ने परिचय पत्र साथमा ल्याएर खोप केन्द्रमा आई खोप लगाउन अनुरोध गरिएको छ ।खोप सुरक्षित र प्रभावकारी भएकोले ढुक्क भएर खोप लगाउन समेत स्वास्थ्य कार्यालय दोलखाले अनुरोध गरेको छ । खोप अभियान ३ दिन देखि ७ सातदेखि सम्म सञ्चालन हुने छ ।
दोलखामा दोस्रो चरणको खोप अभियानमा २ हजारले खोप लगाए
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २४ फाल्गुन २०७७, सोमबार २१:२४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "दोलखामा दोस्रो चरणको खोप अभियानमा २ हजारले खोप लगाए"