नाम्दुमा १ सय ११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

नाम्दु (दीस) – “महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको मुल आधार” भन्ने नाराका साथ १ सय ११ औ अन्तर्राष्ट्रिय नारी दिवस दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुमा मनाइएको छ । महिला अधिकार मञ्च जिल्ला दोलखाको उपाध्यक्ष गोमा दाहालको सभापति भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले महिला सशक्तीकरणको गर्न सबैले आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए । उनले आफ्नो कर्तव्यलाई आत्मा साथ गरी समाज रुपान्तरणमा महिलाहरुको महत्वपुर्ण भुमिका हुने बताए । नेकपा एमालेका नेता धु्रव आचार्यले महिला सशक्तिकरण अझै पनि हुन नसकेको बताए । महिला सशक्तीकरण गर्न सबै क्षेत्र मिलेर गाम्रिण क्षेत्र जागरण ल्याउनु पर्ने उनले बताए ।
महिला शक्ति बिकास केन्द्रका तुलसा आचार्यद्धारा संञ्चालित कार्यक्रममा प्रतियोगितात्मक लोक गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको थियो । वडाका विभिन्न टोलबाट समुहगत रूपमा चारममुहमा रहेकोमा लक्ष्मी तिवारको समूह प्रथम, पार्बती नेपालीको समूह द्वितीय , बुथी नेपाली को समूह तृतीय पार्बती ओलि समूह सान्त्वना भएका थिए । कार्यक्रममा सरस्वती घिमिरे, अष्ट कुमार लामा, पुन्य घिमिरेले शुभकामना ब्यक्त गरेका थिए ।

 

Shares

Be the first to comment on "नाम्दुमा १ सय ११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*