मेलुङ गाउँपालिका दलित समुदायको सशक्तिकरण अभियानमा

चरिकोट (दीस) –दोलखाको मेलुङ गाउँपालिकाको आयोजनामा दलित समुदायको सशक्तिकरण गर्न सदरमुकाम शुक्रबारबाट चरिकोटमा ३ दिने बत्तृmतित्वकला तथा उद्घघाेषण तालिम सुरु भएको छ । तालिमको गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठले तालिमकाे व्यानर पढेर उद्धघाटन गर्दै समाज परिबर्तन सम्भब छ तर सुरुवात हामी बाटै हुनुपर्ने बताए ।हामिले स्वतन्त्रता सहि ढंगबाट सन्चालन गर्नु पर्ने श्रेष्ठको भनाई रहेको छ । कार्यक्रममा मेलुङ गाउँपालिका प्रबक्ता हिरा थोकरले मुलुक संघियता जाँदै गर्दा दलित अधिकारको कुरा उठेको छ, तर ब्यवहारमा लागु नभएको बताए । दलित समुदायमा भएको विभेद अन्त्य गर्न व्यवहारमा कडा रुपमा कार्यान्वयन गर्नु पर्ने थोकरको भनाई रहेको छ । पालिकाका प्रमुख प्रशासिक अधिकृत महेन्द्र विकले वार्षिक कार्यक्रम अन्र्तगत यो कार्यक्रम गरिएको बताए । रेखा तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष ईश्वर कोइराला, नेकपाका नेता कुमार विक ,दीक्षण दैनिकका कार्यकारी निर्देशक धु्रव आर्चाय , चेत बहादुर बिक ,बिमला नेपाली लगायले कार्यक्रकको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नबराज फुयाल गरेका छन् । तालिममा ४० जना सहभागि रहेका छन् ।

 

Shares

Be the first to comment on "मेलुङ गाउँपालिका दलित समुदायको सशक्तिकरण अभियानमा"

Leave a comment

Your email address will not be published.


*