इश्वर बिश्वकर्मा
चरिकोट, फागुन ११
मँगलबार सर्वाेच्च अदालतले प्रतिनिधी सभा संसद पुनर्स्थापनाकाे फैसला गरेपछि दोलखामा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समुहका नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गरेका छन् । पुस ५ गते सरकारले गरेको निर्णयलाई असंवैधानिक ठहर गर्दै संविधानको मर्म र भावना अनुसार सर्वोच्च अदालतको संवैधानिक इजालासले बदर गरेको खुसियाली मनाउदैँ उनिहरुले दीप प्रज्वलन गरेका हुन् । नेकपा नेता नर बहादुर पाख्रिन र नेता घनश्याम रिजालको नेतृत्वमा करिब साँढे ६ बजे संसद पुनर्स्थापनाकाेखुसीयालीमा चरिकोट सातदोबाटो चोकमा दीप प्रज्वलन गरिएकाे हाे । नेकपा प्रचण्ड–माधव समुहका नेता तथा कार्यकर्ताले दीप प्रज्वलन सगैँ संसद पुर्नस्थापना जिन्दावाद, सर्वोच्चको फैसला स्विर्काछौँ, लगायतको नारा लगाएका थिए ।
तस्बिरहरु हेर्नुहाेस्
Be the first to comment on "संसद पुनर्स्थापनाकाे खुसीयाली ः दोलखामा दीप प्रज्वलन"