प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । साेमबार दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको सर्वाेच्च अदालतस्थित स्राेतले जानकारी दिएको छ ।प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत पछाडि सेनाकाे क्याभलरी रहेकाे जग्गा सर्वाेच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको हाे । ‘क्याभलरीकाे जग्गा सर्वाेच्च अदालतकाे नाममा नामसारी गर्ने प्रक्रियाबारे छलफल भएको हाे,’ सर्वाेच्च अदालत स्राेतले भन्याे, ‘नामसारीबारे छलफल भइरहेको थियोे । आज प्रधानसेनापतिलाई बाेलाउनुभएकाे हाे ।’अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालत परिसरको निरीक्षणसमेत गरेका थिए ।अदालतकाे परिसरसाँघुराे भएकाे भन्दै सर्वोच्चले सेनाकाे क्याभलरीकाे जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो । तर,सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर ‘हेर्दाहेर्दै’मा रहेकाे बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचकाे भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Shares

Be the first to comment on "प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट"

Leave a comment

Your email address will not be published.


*