ईश्वर बिश्वकर्मा /चरिकोट, –दोलखामा साँढे तिन वर्षको अवधीमा ७ जनाले नेपाली नागरिकता त्याग गरेका छन् । जिल्लामा आर्थिक वर्ष २०७४÷०७५ देखि हालसम्म जिल्लाबाट नागरिकता लिएका मध्ये ७ जनाले अन्य मुलुकको नागरिकता लिने प्रक्रियामा रहेको भन्दै नेपाली नागरिकता त्याग गरेका हुन् । जिल्लाबाट नेपाली नागरिकता त्याग गर्नेमा दुई जना पुरुष र पाँच जना महिला रहेका जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । नागरिकता त्याग गर्नेमा जिल्लाको तामाकोशी गाउँपालिकाबाट दुई जना महिला र एक जना पुरुष, जिरी नगरपालिकाबाट दुई जना महिला, भीमेश्वर नगरपालिकाबाट एक जना पुरुष र विगु गाउँपालिकाबाट एक महिला गरि ७ जना व्यक्ति रहेको कार्यालयका सुचना अधिकारी प्रशासकीय अधिकृत औलाख बहादुर आलेले बताए । नेपाली नागरिकता त्याग गरेपछि मात्रै नागरिकता पाउने व्यवस्था भएका देशबाट नागरिकता पाउनका लागि जिल्लाबाट ७ जनाले नेपाली नागरिकता त्याग गरेका हुन् । लामो समयदेखि डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेका व्यक्तिहरुले नागरिकता त्याग गरेको कार्यालयका नायब सुब्बा नारायण प्रसाद सुवेदीले बताए ।
दोलखाका ७ जनाले नेपाली नागरिकता त्यागे
TOPICS:राष्ट्रीय समाचार
Posted By: दीक्षण दैनिक ७ फाल्गुन २०७७, शुक्रबार १६:३५
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "दोलखाका ७ जनाले नेपाली नागरिकता त्यागे"