कार्कीले सुरु गरे मेची–महाकाली पैदल यात्रा

इश्वर बिश्वकर्मा
चरिकोट, फागुन ६
दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ३ लामीडाँडा पोखरेका अभिनय कार्कीले नेपालको पूर्वमेची देखि पश्चिम महाकालीसम्म पुग्ने लक्ष्यका साथ पैदल यात्रा सुरु गरेका छन् । कुमार कार्की र तारा देवी कार्कीका छोरा अभिनयले आफ्नो जन्मदिनको अवसर पारी बिहीबार साँढे ११ बजेबाट झापाको मेची पुलबाट यात्रा सुरु गरेका हुन् । २१ वर्षका कार्कीले विश्वभर सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामना गर्दै नेपाल सहित अन्य १ सय देशको राष्ट्रिय झन्डा बोकेर एक्लै पैदल यात्रा सुरु गरेका हुन् । विश्व साइकल यात्री पुष्कर शाह लगायतका जीवनीबाट प्रभावित भएर दोलखासगैँ सिंगो देशको गरिमा बढाउने उद्धेश्यका साथ यात्रा सुरु गरिएको उनले बताए । साहसी र आँटिला युवा अभिनयले आफ्नो यात्रा २ महिनाको अवधीमा सम्पन्न गर्ने लक्ष्य लिएका छन् । “विभिन्न चुनौतीलाई सामना गर्ने दृढ संकल्पका साथ यात्रा सुरुवात गरेको छु ।” उनले भने “ १ सय देशको राष्ट्रिय झन्डा मात्रै होइन, नेपालको माया मनमुटुमा बोकेर राष्ट्रिय झन्डा सहित एक्लै यात्रामा पाइला बढाएको छु ।” कार्कीले यात्राको समापन पश्चात् यात्रा अनुभव समेटेर पुस्तक प्रकाशन गर्ने बताएका छन् ।

Shares

Be the first to comment on "कार्कीले सुरु गरे मेची–महाकाली पैदल यात्रा"

Leave a comment

Your email address will not be published.


*