रेडक्रस सोसाइटी दोलखाको ३९ औँ जिल्ला सभा सम्पन्न, २२ वटा संघसंस्थालाई सम्मान

इश्वर बिश्वकर्मा
चरिकोट, फागुन १
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको ३९ औँ जिल्ला सभा  चरिकोटमा शुक्रबार सम्पन्न भएको छ । प्राकृतिक प्रकोपको विपत्तिमा परेकालाई उद्धार तथा राहत वितरण र रक्तसञ्चार सेवा उपलब्धता गराउदैँ आएको नेपाल रेडक्रस सोसाइटीको दाेलखाकाे ३९ आँै सभाको रेडक्रसका केन्द्रिय अध्यक्ष डा. नेत्रप्रसाद तिमल्सिनाले जाँ हेनरी ड्युनाको तस्बिरमा माल्र्पण तथा पानसमा बत्ति बालेर उद्धघाटन गरे । सभाको उद्धघाट्न गर्दै अध्यक्ष डा. तिमल्सिनाले मानवीय पुण्य कर्म गर्दै आएको रेडक्रसलाई विभिन्न अनियमितता र भ्रष्टाचारको दाग लागेको र त्यो दागलाई पखाल्ने बताए । मानव सेवामा तल्लिन रहँदा विभिन्न त्रुटी भएको भए ति त्रुटीलाई सच्याएर अघि बढ्ने उनले बताए । उनले रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले अत्यन्तै राम्रा र असल कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । शाखाका सभापति गोकर्ण प्रसाद पोखरेललको सभापतित्वमा भएको सभामा शाखाका मन्त्रि सिर्जना सुवेदीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन् । कोषाध्यक्ष राधादेवी मास्केले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।
२२ वटा संघसंस्था सम्मानित
रेडक्रस सोसाइटी दोलखाद्धारा सञ्चालित रक्तसञ्चार सेवालाई नियमित गर्नका लागि रक्तदान कार्यक्रम आयोजना गरी सहयोग पु¥याएका २२ वटा संघसंस्थालाई सम्मान गरिएको छ ।
प्रेम–पुर्ण प्रताप फाउन्डेशन, दुग्ध उद्योग, कालिञ्चोक मावि, नेपाल रेडक्रस सोसाइटी दोलखा उपशाखा, फर्निचर तथा फर्र्निसिङ व्यवसायी संघ, क्षयरोग निवारण संस्था, नेपाल पत्रकार महासंघ दोलखा, नेपाल सोसाइटी सुन्द्रवाती उपशाखा, तारा दल गणलाई सम्मान गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय, स्वयमसेवी रक्तदाता समाज, महिला साक्षरता साकोस, जिल्ला सहकारी संघ, मिलीजुली कालिञ्चोक साकोस, दिपज्योति समाज सुधार संस्था, कर्मचारी मिलन केन्द्र, मजदुर संगठन, योगदान राष्ट्रको लागि, चेम्बर अफ कर्मस, शिक्षक महासंघ भीनपा कमिटी, चरिकोट क्याम्पास, सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म हेडक्वाटर र नेपाल विद्यार्थी संघ दोलखालाई सम्मान पत्रसहित सम्मान गरिएको छ ।  सभामा केन्द्रिय उपकोषाध्यक्ष होम पाठक, जिल्ला समन्वय समितिका डबल पाण्डे, दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी, गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयम बहादुर खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको विक्रम सम्बत २०२८ सालमा स्थापना भएको थियो । जसको २४ वटा उपशाखा गठन भएका छन् । ६० वटा जुनियर र ४ वटा युवा रेडक्रस सर्कलहरु क्रियाशिल रहेका छन् । रेडक्रसले प्रकोप पीडितलाई राहत बाँढ्ने काम मात्रै गर्छ भन्ने जनमासको प्रभावलाई यसका सात सिद्धान्त र कार्यप्रणालीको व्यापक प्रचारप्रसारका माध्यमले मानवतावादी संस्थाका रुपमा रेडक्रसलाई चिनाउने कार्य हदैँ आएको छ ।

Shares

Be the first to comment on "रेडक्रस सोसाइटी दोलखाको ३९ औँ जिल्ला सभा सम्पन्न, २२ वटा संघसंस्थालाई सम्मान"

Leave a comment

Your email address will not be published.


*