दोलखामा आँखा शिविर हुदैँ

इश्वर बिश्वकर्मा
चरिकोट, फागुन १
मोबाइल, कम्प्युटर, ल्यापटप जस्ता सामग्रीको अत्याधिक प्रयोग, ग्रिलको काम र धुलो, धुँवा लगातका कारण आँखाको रोगी बढ्दै गएका छन् । तर धेरै पैसा खर्च गरेर आँखाको समस्या निदान वा रोगको उपचार गर्नुपर्ने बाध्यता आँखाको रागीको रहेको छ । यहि कुरालाई मध्यनजर गर्दै आँखाको समस्या भएका व्यक्तिहरुलाई स्थानीयस्तरमै सुलभ सेवा दिने उद्देश्यले दोलखाको विभिन्न स्थानमा आँखा शिविर सञ्चालन हुने भएको छ । स्थानीय तहको सहआयोजना र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, दोलखा लायन्स आँखा केन्द्र दोलखा, लायन्स क्लब अफ दोलखाको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो । सिँगटी ग्रामिण आँखा केन्द्र सिँगटीमा फागुन १ गते, तामाकोशी गाउँपालिका वडा नं. ३ मा रहेको छौँडे आधारभुत विद्यालयमा फागुन ७ गते, बैतेश्वर गाउँपालिका वडा नं. ५ स्थित बैतेश्वर अस्पतालमा ९ गते आँखा शिविर सञ्चालन हुने दोलखा लायन्स आँखा केन्द्रका कार्यालय प्रमुख विप्लब खड्काले बताए । उनका अनुसार कालिञ्चोक गाउँपालिका वडा नं. २ स्थित बाबरे स्वास्थ्य चौकीमा १० गते, शैलुङ गाउँपालिका वडा नं. ८ भैँसे स्थित शैलुङ्गेश्वर स्वास्थ्य चौकीमा ११ गते र पुनः सिँगटी ग्रामिण आँखा केन्द्रमा १५ गते शिविर सञ्चालन हुने छ । आँखाको चेकजाँच, सुपथ मुल्यमा चस्मा उपलब्ध गराइने तथा अन्य परामर्श सेवा उपलब्ध हुने भएकोले शिविरमा आई मौकाको फाइदा उठाउन केन्द्रका कार्यालय प्रमुख खड्काले आग्रह गरेका छन् । शिविरबाट छनौट भएका मोतिविन्दुका बिरामीको तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकद्धारा फागुन १७, १८ र १९ गते दोलखा लायन्स आँखा केन्द्रमा साधारण शूल्कमा शल्यक्रिया गरिने समेत उनले बताए । “गत वर्ष धेरै पटक आँखा शिविर सञ्चालन गर्ने योजना रहेपनि कोरोना भाइरसको कारण गर्न सकिएन । तथापी १ पटक भने शिविरको आयोजना गरिएको थियो ।” कार्यालय प्रमुख खड्काले भने “यो वर्ष पनि कोरोना सन्त्रास बाँकी नै रहेकोले उच्च सुरक्षा सतर्कता अपनाएर शिविर सञ्चालन गरिने छ ।” धेरै पैसा खर्च गरेर आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको बेला स्थानीयस्तरमै शिविर सञ्चालन हुने भएपछि स्थानीयवासी खुशी भएका छन् ।

Shares

Be the first to comment on "दोलखामा आँखा शिविर हुदैँ"

Leave a comment

Your email address will not be published.


*