इश्वर बिश्वकर्मा
चरिकोट, माघ १५
दोलखामा बुधबारबाट शुभारम्भ गरिएको कोभिड १९ (कोरोना भाइरस) बिरुद्धको खोप अभियान बिहीबार पनि जारी छ । अभियानको पहिलो दिन जिल्लामा अग्रपंक्तीमा रहेर काम गर्ने १ सय ५५ जनाले उत्साहका साथ ’कोभिशिल्ड‘ खोपकाे पहिलाे डाेज लगाएका थिए । अभियानको दोस्रो दिन बिहिबार भने १ सय ३३ जनाले जनाले खोपकाे पहिलाे डाेज लगाएका छन् । स्वास्थ्य कार्यालय दोलखाका अनुसार जिरी अस्पतालको खोप केन्द्रबाट ५४ जना र चरिकोट अस्पतालकाे खाेप केन्द्रबाट ७९ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका हुन् । जिरी अस्पतालको कोरोना खोप केन्द्रबाट ५ जना स्वास्थ्यकर्मी, ४६ जना महिला स्वास्थ्य स्वयमसेविका र ३ जना सरसफाइकर्मी गरि ५४ जनाले खोप लगाएका स्वास्थ्य कार्यालयका प्रमुख विभु झाले बताए । यस्तै चरिकोट अस्पतालकाे खाेप केन्द्रबाट १५ जना स्वास्थ्यकर्मी, ५६ जना महिला स्वास्थ्य स्वयमसेविका, ३ जना सरसफाइकर्मी, २ जना एम्बुलेन्स चालक र स्वास्थ्य संस्थाका कर्मचारी सहित अन्य कर्मचारी ३ जना गरि ७९ जनाले कोरोना बिरुद्धको खोप लगाएका उनले बताए । जिल्लामा २ हजार १ सय ४० जना फ्रन्टलाइनर्सलाइ पहिलाे चरण अन्तर्गत खाेप लगाउने लक्ष्य राखिएकाेमा बुधबार र बिहिबार गरि दुइदिनकाे अवधीमा २ सय ८८ जनाले काेराेना बिरुद्धकाे खाेपकाे पहिलाे डाेज लगाएका छन् । अब १ हजार ८ सय ५२ जनाले खाेपकाे पहिलाे डाेज लगाउनेछन् । खाेपकाे पहिलाे डाेज लगाएकाहरुले दाेस्राे डाेज १ महिनापछि लगाउनुपर्ने हुन्छ ।
Be the first to comment on "दाेलखामा कोरोना खोप अभियानको दोस्रो दिन ः १ सय ३३ जनाले लगाए"