इश्वर बिश्वकर्मा
चरिकोट, माघ १३
भारत सरकारको सहयोगमा उपलब्ध भएको कोभिड १९ (कोरोना भाइरस) को ‘कोभिशिल्ड’ खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले दोलखामा पनि पठाएको छ । जिल्लामा मंगलबार बिहान २ हजार २ सय ७० डोज खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । उक्त खाेप स्वास्थ्य कार्यालयकाे खाेप स्टाेरमा सुरक्षित रुपमा भण्डारणमा राखिएकाे छ । खोप उपलब्ध भएसगैँ अंग्रपङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालक गरि २ हजार १ सय ४० जनालाई पहिलो चरण अन्तर्गत खोप लगाउन शुरु गरिने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले बताए । बुधबार स्वास्थ्य चरिकोट अस्पतालबाट खोप लगाउने अभियानको उद्धघाट्न गरि शुरुवात हुने उनले बताए । कार्यालय प्रमुख झाका अनुसार ७ सय ७७ स्वास्थ्यकर्मी, १ हजार २ सय ५५ जना महिला स्वास्थ्य स्वयम्सेविका, ५६ जना सुरक्षाकर्मी र ५२ जना सरसफाइकर्मी र चालक निशुल्क कोरोना खोप लगाउने सुचिमा समावेश छन् ।
सबैभन्दा बढी भीमेश्वर नगरपालिकाका ४ सय ९ जना कोरोना खोप लगाउने सुचिमा सुचिकृत भएका छन् । नगरका १ सय ८६ जना स्वास्थ्यकर्मी, १ सय १४ जना महिला स्वास्थय स्वयसेविका, ५६ जना सुरक्षाकर्मी र २३ जना सरसफाइकर्मी तथा चालकलाई खोप लगाइनेछ । जिल्लाको अर्को जिरी नगरपालिकाका ८० जना स्वास्थ्यकर्मी, १ सय ५ जना महिला स्वास्थ्य स्वयम्सेविका र १० जना सरसफाइकर्मी तथा चालकलाई खोप लगाइने भएको छ । त्यस्तै गौरिशंकर गाउँपालिकाका ६४ जना स्वास्थ्यकर्मी, १ सय ३४ जना महिला स्वास्थ्य स्वयम्सेविका र २ जना सरसफाइकर्मीसहित चालक, कालिञ्चोक गाउँपालिकाका १ सय २० जना स्वास्थ्यकर्मी, १ सय ६५ जना महिला स्वास्थ्य स्वयमसेविका र ३ जना सरसफाइकर्मी र चालक, विगु गाउँपालिकाका ६२ जना स्वास्थ्यकर्मी, १ सय ३१ जना स्वास्थ्य स्वयम्सेविका र ३ जना सरसफाइकर्मी र चालक, तामाकोशी गाउँपालिकाका ७७ जना स्वास्थ्य स्वयमसेविका,१ सय ४० महिला स्वास्थ्य स्वयमसेविका र २ जना सरसफाइकर्मी र चालकलाई कोरोना खोप लगाइने स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत सपना केसीले बताइन् । उनका अनुसार मेलुङ गाउँपालिकाका ४० जना स्वास्थ्यकर्मी, १ सय ६५ जना महिला स्वास्थ्यकर्मी र ३ जना सरसफाइकर्मी र चालक, शैलुङ गाउँपालिकाका ५९ जना स्वास्थ्यकर्मी, १ सय ५१ जना र २ जना सरसफाइ र चालकलाई कोरोना खोप लगाइनेछ । त्यसैगरि बैतेश्वर गाउँपालिकाका ५२ जना स्वास्थ्यकर्मी, १ सय ५० जना महिला स्वास्थ्य स्वयम्सेविका र ३ जना सरसफाइकर्मी तथा सवारी चालकलाई कोरोना खोप लगाइने भएको छ । त्यसैगरि स्वास्थ्य कार्यालय र आयुर्वेद कार्यालयका गरि ३७ जना स्वास्थ्यकर्मी र १ जना चालक वा सरसफाइकर्मीलाई कोरोना खोप लगाइनेछ ।
२ वटा अस्पताललाई तोकियो खोप केन्द्र
कोरोना भाइरसको खोप लगाउन जिल्लाको २ वटा अस्पताललाई तत्कालको लागि खोप केन्द्र तोकिएको छ । जिल्लाको भीमेश्वर नगरपालिकामा रहेको चरिकोट अस्पताल र जिरी नगरपालिकामा रहेको जिरी अस्पताललाई खोप केन्द्र तोकिएको छ । जिरी अस्पतालमा पनि मँगलबार नै खाेप पुर्याइने जनाइएकाे छ । दुबै अस्पतालमा खोप तालिम लिइसकेका खाेप कार्यकर्ताले चिकित्सकहरुको निगरानीमा ‘फ्रन्टलाइनर’हरुलाई खोप लगाइदिनेछन् । पहिलो चरणमा चरिकोट अस्पतालबाट १ हजार ७ सय ४० जना र जिरी अस्पतालबाट ४ सयजनालाई निशुल्क खोप लगाइनेछ । पहिलाे डाेज खाेप लगाइसकेकाहरुलाइ १ महिनापछि दास्राे डाेज लगाइनेछ । खोप केन्द्रमा खोप लगाउने फ्रन्टलाइनरहरुकाे आवातजावतका लागि सम्बन्धित स्थानीय तहले यातायातको व्यवस्था गर्नेछन् । गर्भवती, सुत्केरी बच्चालाई दुध चुसाइरहेकी आमा, शरीरमा एलर्जी भएका र १८ वर्षभन्दा मुनिका व्यक्तीलाई कोभिशिल्ड खोप नलगाइने स्वास्थ्य कार्यालय दोलखाका कोरोना फोकल पर्सन बासुदेव अधिकारीले बताए । नेपालमा कोभिशिल्ड खोप तुलनात्मक रुपमा सुरक्षित मानिएको छ । उक्त खोप अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट̭ाजेनिका नामक औषधी उत्पादकले संयुक्त रुपमा विकास गरेको र भारतमा रहेको सेरम इन्स्टििच्युटले उत्पादन गरेको हो ।
Be the first to comment on "दोलखामा आइपुग्यो भारतको ‘उपहार’ कोरोनाको खोप ः बुधबारदेखि लगाइने"