इश्वर बिश्वकर्मा –दोलखाको जिरी नगरपालिकामा साेमबारदेखि ४५ दिने होजियारी तालिमको शुभारम्भ गरिएको छ । महिलालाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ जिरी नगरपालिकाको आयोजना र जिरी नगरस्तरीय महिला मञ्चको सहयोगमा तालिमको शुभारम्भ गरिएको हो । ९ वटा वडा रहेको पालिकाका प्रत्येक वडाका २–२ जना गरि १८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । चन्द्र लक्ष्मी प्रजापति र राम प्रसाद वैद्यले तालिममा सहभागीहरुलाई मेशिनबाट टोपी, स्वीटर, गलबन्दी निर्माण सम्बन्धि प्रशिक्षण दिइरहेका छन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख कृष्ण माया बुढाथोकीले व्यक्तीले चाहेको उद्यम गर्नुपुर्व सीप सिक्नु जुरुरी रहेको बताइन् । सानो लगनाीमा होजियारी उद्योग सञ्चालन गर्न सकिने र आम्दानी पनि राम्रो गर्न सकिने भएकोले यसतर्फ महिलाको आकर्षण बढाई स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको उनले बताइन् । गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत अर्जुन गौतमले महिलाहरुको क्षमता बृद्विका लागि तालिमको आयोजना गरिएकोले तालिमबाट सिकेका कुरालाई सदुपयोग गरि सफल उद्यमी बन्न तालिमका सहभागीलाई अनुरोध गरे ।
महिलालाई आत्मनिर्भर बनाउन तालिम
TOPICS:समाज
Posted By: दीक्षण दैनिक ६ माघ २०७७, मंगलवार ११:२८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "महिलालाई आत्मनिर्भर बनाउन तालिम"