संसद विघटन बिरुद्ध दोलखामा काँग्रेसको प्रदर्शन

चरिकोट, पुस २५ प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक प्रतिनिधी सभा विघटन गरेपछि दोलखामा पनि दिनदिनै आन्दोलन हुँदै आएको छ ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधी सभा विघटन गरेपश्चात्  प्रतिनिधी सभा विघटन अलोकतान्त्रिक र असंवैधानिक  रहेको भन्दै विभिन्न पार्टीका पक्षधरहरुले आन्दोलन तथा खबरदारी गरिरहेका छन् । यसैबिच प्रतिनिधी सभा विघटन विरुद्ध नेपाली काँग्रेस दोलखाले शनिबार सिठ्ठी जुलुस प्रदर्शन गरेको छ । संसद् विघटन विरूद्ध देशभरका प्रादेशिक निर्वाचन क्षेत्रहरुमा आन्दोलन घोषणा गरेको नेपाली काङग्रेस दोलखाले सिठ्ठी जुलुस सहित प्रदर्शन गरेको छ। प्रदेशिक क्षेत्र नम्वरं २ ले जिल्ला सदरमुकाम चरिकोटमा सिठ्ठी जुलुस सहित प्रदर्शन गरेको हो । काँग्रेस पार्टी कार्यालयबाट सुरु भएको सिठ्ठी जुलुस बजार परिक्रमा पछि सातदोबाटोमा आएर कोण सभामा परिणत भएको थियो । कोणसभालाई पार्टीका पूर्व जिल्ला सभापति ताराबहादुर कोइराला, जिल्ला नेताहरु ईश्वर मानन्धर, केशवराज चौलागाई, गिता शिवाकोटी,जयराम श्रेष्ठ, भोजराज चौलागाई लगायतले सम्बोधन गर्नुभएको थियो । दोलखा काँग्रेसले प्रादेशिक क्षेत्र नम्वर १ को मैनापोखरीमा समेत प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि देश नै तरंगित बनिरहेको अवस्थामा दोलखामा पनि संसद विघटन र प्रधानमन्त्री ओली बिरुद्धमा विभिन्न कार्यक्रमका साथै बिरोध प्रदर्शन भइरहेकोले बेला  स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

Shares

Be the first to comment on "संसद विघटन बिरुद्ध दोलखामा काँग्रेसको प्रदर्शन"

Leave a comment

Your email address will not be published.


*