नेकपा ओली समुहद्धारा दोलखामा ग¥यो बृहत भेला

चरिकोट (दीस) –नेकपा ओली समुहद्धारा दोलखामा बृहत भेला गरेको छ । दोलखाको सदरमुकाम चरिकोटमा भएको भेलामा नेकपाका सचिबालय सदस्य एमं गृह मन्त्री राम बहादुर थापाले सरकारलाई असफल बनाउने खेल पछि निर्बाचन जाने निर्णय गरेको बताए । उनले प्रतिगमनलाई रोक्न निर्वाचन जानु विकल्प नहरेको थापाले बताए ।पुरानो ब्यवस्था बुत्याउन प्रतिगमनकारी शक्तिले पाटी विभाजन गरेको थापाको भनाई रहेको छ । “पाटी भित्रबाट सुदुरीकरण अभियान चलेको छ , फोहोर मैला पाटीबाट बाहिर निस्केका छन । ” मन्त्री थपाले भने ,मध्यावधिको निर्बाचनमा समाजबाद नारा लिएर जाने छौ । नेपाल सरकारका सुचना तथा प्रविधी संञ्चार मन्त्री पार्बत गुरुङले दोलखामा पुर्व एमाले एक ढिक्का भएर अगाडी बढ्नु पर्ने बताए ।दोलखमा कम्युनिष्ट पाटी एकताबद्ध भएर जानु विकल्प नहरेको मन्त्री गुरुङको भनाई रहेको छ ।  नेकपाका प्रतिपक्षले भन्दा सत्ता पक्षले सरकार असफल बनाउने खेल तिर लागेको संस द बिघटन गरेर निर्वाचनमा जानु परेको गुरुङको दाबी थियो । नेकपाका बागमती प्रदेशका सचिब आनन्द प्रसाद पोखरेले प्रधानमन्त्री केपि ओली नेतृत्वले समृद्ध नेपालको निर्माण हुने बताए । “संसद बिघटन हुनु लडाई राष्ट्रीय स्वाधिनताको लडाई भएको हो ” पोखरेलले भने , यो लडाई आत्मा सर्मपणबाद विरुद्धको लडाई हो ।  कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष ईस्वरचन्द्र पोखरेल , संघिय सांसद शान्ती माया पाख्रिन , भीमेश्वर नगरपालिकाका मेयर भरत केसी , मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठ , शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । भेलामा दोलखाका गाउँ गाउँबाट नेता तथा कार्यक्रता सदरमुकाम चरिकोट आएका थिए ।भेलामा दोलखाका अधिकांस जनप्रतिनिधीको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "नेकपा ओली समुहद्धारा दोलखामा ग¥यो बृहत भेला"

Leave a comment

Your email address will not be published.


*