चरिकोट, पुस २२–दोलखामा पुस २२ गतेसम्म ३० जना सक्रिय कोरोना संक्रमति रहेका स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार ३० जना सक्रिय कोरोना संक्रमितमध्ये ४ जना भीमेश्वर नगरपालिकामा रहेको संस्थागत आइसोलेसनमा रहेका छन् । बाँकी २६ जना होम आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा दैनिकरुपमा स्वास्थ्य कार्यालय दोलखाले जानकारी लिइरहेको कोरोना फोकल पर्सन बासुदेव अधिकारीले बताए । कोरोना संक्रमितहरुमध्ये भीमेश्वर नगरपालिकाका सबै भन्दा बढि २० जना, तामाकोशी गाउँपालिकाका ८ जना, कालिञ्चोक गाउँपालिका र बैतेश्वर गाउँपालिकाका १–१ जना रहेका छन् । जिल्लामा हालसम्म ३ हजार ३ सय ६९ जनाको पिसिआर विधीबाट कोरोना परिक्षण भएको छ । जसमध्ये ३ सय ४८ जनमा कोरोना संक्रमण पुष्टि भएको थियो । भने ३ सय १८ जना निको भएका र एकजनाको मृत्यु भएको कार्यालयले जनाएको छ । कोरोना संक्रमणको जोखिम कम भइनसेकोले थप सचेत र सावधानी अपनाउन स्वास्थ्य कार्यालय दोलखाले अनुरोध गरेको छ ।
दोलखामा ३० जना सक्रिय कोरोना संक्रमित
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक २२ पुष २०७७, बुधबार १६:५८
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "दोलखामा ३० जना सक्रिय कोरोना संक्रमित"