पानीघाट्मा पशु स्वास्थ्य शिविर सम्पन्न

चरिकोट, पुस १५–दोलखाको भीमेश्वर नगरपालिका वडा नं. १ सुस्पाक्षमावती स्थित पानीघाट्मा मंगलबार एकिकृत पशुस्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत एकिकृत पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा पशुको स्वास्थ्य परिक्षण, प्राथमिक उपचार, भिटामिन परजिबी बिरुद्ध तथा अन्य औषधी वितरण, कृत्रिम गर्भाधान तथा भाले पशुहरुको बन्ध्याकरणका साथै अन्य परामर्श सेवाहरु निशुल्क उपलब्ध गराइएको थियो । शिविरमा करिब ३ सयभन्दा पशुपन्छिको स्वास्थ्य परिक्षण गरिएको नगरपालिकाकी पशु सेवा शाखाकी पशु सेवा प्राविधिक रमला घिसिङले बताइन् ।
शिविरबाट १ सय १६ जना किसानहरु लाभान्वित भएका छन् । यस्तै नगरपालिकामा १७ गते वडा नं. ५ माटी, २० गते वडा नंं. ८ बोच र २४ गते वडा नं. ९ स्थित दारेगौँडाको वडा कार्यालय परिशरमा शिविर सञ्चालन हुने नगरपालिकाकी पशु सेवा शाखाकी पशु सेवा प्राविधिक घिसिङले बताइन् । आफुले पालेका पशुपन्छीहरु शिविर सञ्चालन हुने स्थानमा ल्याई मौकाको फाईदा उठाउन पशुपालक कृषकहरुलाई उनले आग्रह गरिन् । गाउँ गाउँमा सिंहदरबारको प्रत्याभूति दिलाउन र पशु पालनका लागि आकर्षण बढाउन पशु स्वास्थ्य शिविरको शुभारम्भ गरिएको हो ।

Shares

Be the first to comment on "पानीघाट्मा पशु स्वास्थ्य शिविर सम्पन्न"

Leave a comment

Your email address will not be published.


*