दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले राजसंस्था र हिन्दुराज्य स्थापनाको माग गर्दै चरिकोटमा आइतबार जनप्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति दोलखाको आयोजनामा आइतबार दिउँसो भएको जनप्रदर्शमा बोल्दै राप्रपाका केन्द्रीय सदस्य प्रविण थोकरले गणतन्त्रको औचित्य समाप्त भई सकेको बताउँदै अव राजसंस्थाको विकल्प नभएको बताएको थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीको संयोजकत्वमा चरिकोट बसपार्कस्थित पार्टी कार्यालयदेखि जिल्ला प्रशासनसम्म जनप्रदर्शनको गरिएको थियो । पार्टी अध्यक्ष एवम् संयोजक राजनबहादुर शिवाकोटीले नेपाली जनताले राजसंस्था र हिन्दुराज्य पुनःस्थापनाका लागि आफैँले माग गरिरहेकोले हिन्दुराज्यको लागि व्यापक जनसमर्थन प्राप्त हुँदै गएको वताए । पार्टीको एजेण्डामा आमनागरिकको समर्थन प्राप्त हुनु खुसीको कुरा रहेको बताउँदै अध्यक्ष शिवाकोटीले भ्रष्ट कम्युनिष्ट सरकारको कारण देशमा अराजकता, भ्रष्टाचार, महंगी, अस्थिरता आएकोमा त्यसको नियन्त्रणको लागि राजसंस्था आवश्यकता परेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले २२ बुँदे माग राखी प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो । ज्ञापन पत्रमा कोभिड–१९ को नियन्त्रणमा सरकार तदारुकताका साथ लाग्नु पर्ने, पुस २७ गते पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस, फागुन ७ गते त्रिभुवन जयन्ती एवम् प्रजातन्त्र दिवस राष्ट्रिय पर्वका रुपमा मनाउने तथा कृष्ण जन्माष्टमी, बुद्ध जयन्ती र रामनवमीमा सार्वजनिक विदा दिनु पर्ने, राष्ट्रिय राजस्वबाट तलब खाने कर्मचारी र शिक्षकहरुले पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गर्नु पर्ने, छिमेकी मित्र राष्ट्र भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धि प्रतिस्थापन गरी नयाँ सन्धी गरियोस् तथा भारत सँगको खुला सिमा व्यवस्थित र नियमन गर्नु पर्ने लगायतको माग राखिएको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
Be the first to comment on "राज संंस्थाको माग गर्दै दोलखामा राप्रपाको जनप्रदर्शन"