चरिकोट (दीस) –दोलखामा नेकपाको दहाल – नेपाल समुहले सदरमुकाम चरिकोटमा आज आफ्नो छ्ुटटै ् भेला गरेको छ । हाम्रो रेडियोको हलमा भएको भेलाले १४ गते काठमाडौकाे बिरोध सभामा धेरै कार्यकर्ता सहभागि गराउने निर्णय गरेको जनाइएको छ । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले पुस १४ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको र उक्त कार्यक्रममा दोलखाबट १५ सय कार्यक्रता काठमाडौ सहभागि गराउने निर्णय गरेको भेलामा सहभागि एक नेताले जानकारी दिए । उनको अनुसार भेलामा दहाल – नेपाल समुहका देबी खडका , बिशाल खडका , गोपाल पाण्डे , गोपाल न्यौपाने , प्रोण प्रताप केसी , रबिन्द्र कार्की , बिदुर शर्मा लगायतका सय जना भन्दा बढी नेता तथा कार्यक्रता भेलामा सहभागि भएका थिए । यो समूहको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले पहिलो चरणको कार्यक्रम अन्तर्गत पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो । यो समूहको केन्दी्रय कमिटी बैठकले देशभर आन्दोलन परिचालन र पार्टीका गतिविधि सक्रिय पार्न प्रदेश, जिल्ला र वडास्तरसम्मका भेला आयोजना गर्ने निर्णय पनि गरेको छ । निर्णयअनुसार पुस ११ गते काठमाडौंमा सबै प्रदेशहरूको समन्वयात्मक बैठक भइसकेको नेताहरुले बताएका छन् । शनिबार भएका बैठकले १४ गतेको प्रदर्शनको तयारी र तल्लो निकायसम्म प्रधानमन्त्री ओलीको कदमबारे कार्यकर्तालाई प्रशिक्षित गर्नेलगायत रणनीति तय गरेको छ ।यो समूहले आउँदो २० गतेसम्म सबै प्रदेश र गाउँपालिकास्तरका भेला सम्पन्न गरिसक्ने निर्णय गरेको थियो । त्यस्तै २५ गतेसम्म वडास्तरका भेला आयोजना सम्पन्न गरिसक्ने निर्णय गरेको थियो ।
दोलखामा नेकपाको प्रचण्ड नेपाल समुहले भेला ग¥यो
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १२ पुष २०७७, आईतवार २०:००
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "दोलखामा नेकपाको प्रचण्ड नेपाल समुहले भेला ग¥यो"