अर्जुन अपबाद –मेलुङ् गाउँपालिकामा हिजोबाट जारी अपाङ्ग परिचयपत्र वितरण शिविरमा आज ७५ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको छ । आज वडा नं. ३, ४ र ५ का अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिएको हो । आज शिविरमा ३७ महिला र ३८ पुरुषलाई परिचय पत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारीले जानकारी दिनुभयो । वडा नं ३ का १६, ४ का ३६, ५ नं वडाका २२ र वडा नं २ का १ जनाले अपाङ्गता परिचय पत्र लिएका हुन् । शिविरमा पूर्ण अशक्त वर्गका ९, अति अशक्त वर्गका २७, मध्यम अशक्त वर्गका ३४ र सामान्य अपाङ्गता वर्गका ४ जनाले परिचय पत्र लिएका हुन् । शिविरमा अपाङ्गता तथा दृष्टिविहिन सेवा संघ चरिकोटले २ थान बैशाखी २ थान ह्विलचेयर वितरण गरेको संस्थाका अध्यक्ष रामकृष्ण तामाङ्गले जानकारी दिनु भयो । शिविर भोलीसम्म चल्ने प्रमुख प्रसाकिय अधिकृत महेन्द्र बिकले जानकारी दिनु भयो ।
मेलुङ् गाउँपालिकामा आज ७५ जनालाई अपाङ्ग परिचयपत्र वितरण
TOPICS:स्थानीय सरकार
Posted By: दीक्षण दैनिक ४ पुष २०७७, शनिबार १८:२३
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "मेलुङ् गाउँपालिकामा आज ७५ जनालाई अपाङ्ग परिचयपत्र वितरण"