चरिकोट (दीस) –नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्बत गुरुङले उत्तरी तथा दक्षिण जोड्ने राष्ट्रिय महत्वको लामबगर लप्ची सडकमार्ग अन्र्तगत सुरुङ मार्गको माघमा टेन्डर हुने बताउनु भएको छ । आज दोलखाको सदरमुकाम चरिकोटमा भीमेश्वर नगरपालिकाले प्रकाशन गरेको “बृहत नगर योजना २०७७” पुस्तकको बिमोचन गर्दै मन्त्री गुरुङले सो बताउनु भएको छ । दोलखालाई समृद्ध दोलखा बनाउने अभियान यो सुरुङ मार्ग नेपालको पहिलो हुने उहाँले बताउनु भयो । “यो मार्ग ठेक्का माघ महिनामा हुन्छ ,यसको डिजाइन सकिएको छ ” मन्त्री गुरुङले भन्नु भयो । तामाकोसी जलबिद्युत आयोजनामा केही ढिलाई भएको यस आयोजनालाई यो आर्थिक बर्ष भित्र राष्ट्रिय प्रशारण लाइनमा जोड्ने काममा सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनु भयो । भोली तामाकोसी जलबिद्युत आयोजनामा हुने सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागि हुने उहाँको भनाई रहेको छ । खरी ढुङगामा रहेको माग्नेसाइडको छिटै संन्चालन हुने र त्यसको व्यबस्थापन समितिको अध्यक्षको सरकारले छिटै नियुक्ति गर्ने पनि मन्त्री गुरुङले जानकारी दिनु भयो । यो आर्थिक बर्षमा दोलखामा रहेको फिल्मसिटी निर्माण गर्न सरकारले योजना ल्याउने उहाँले बताउनु भयो ।
मन्त्री गुरुङद्धारा आधुनिक रङगशालाको शिल्यान्यास
भीमेश्वर नगरपालिकाको चरिकोटमा बन्दै गरेको आधुनिक रङगशालाको आज मन्त्री गुरुङले शिल्यान्यास गर्नु भएको छ । भीमेश्वर नगरपालिकाको आफ्नै स्रोतबाट निर्माणाधीन टुँडिखेल आयोजनालाई नगरपालिकाले आफ्नो गौरवकै योजनाको रूपमा अघि बढाएको छ । ११० मिटर लम्बाइ र ६५ मिटर चौडाइको टुँडिखेल विस्तारको काम भइरहेको छ । नगरपालिकाले गत आर्थिक वर्षको अन्तमा टुँडिखेल विस्तारका लागि ठेक्का आह्वान गरेको थियो । किराँतेश्वर–सिमपानी जेभीले २४ महिनामा पूरा गर्ने गरी २०७७ साउन २५ बाट सम्झौता गरी काम सुरु गरेको छ । अहिले दक्षिणतिरको ११० मिटर लम्बाइको जग खनेर भवन निर्माणको काम सुरु गरेको छ ।
भीमेश्वर नगरपालिकाका योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर सुरेश राउतका अनुसार पहिलो चरणमा दक्षिण र पूर्वतिरको २ तले भवनसहितको अत्याधुनिक आरसीसी प्याराफिट निर्माण हुने जानकारी दिनु भयो । टुँडिखेल विस्तार तथा निर्माणका लागि २० करोड लागत अनुमान गरेकोमा पहिलो चरणमा १२ करोडमा काम सुरु भएको उनले बताए । पहिलो चरणको काम २०७९ असारमा काम पूरा हुन्छ ।
Be the first to comment on "लामबगर– लप्ची सुरुङ मार्गको माघमा टेन्डर हुन्छ –मन्त्री गुरुङ"