चरिकोट –दोलखाको शैलुङ गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्षको कोरोना संक्रमणले आज मृत्यु भएको छ । कोरोना संक्रमित वडा अध्यक्ष धावा वाङगेल लामा (प्रेम मोक्तान) को राजधानीको किस्ट अस्पलातमा उपचारको क्रममा मृत्यु भएको छ ।५३ बर्षिय लामा सुगर र उच्च रक्तचापका विरामी रहेकाेे बताईएकाेे छ । लामालाइ गत २३ गते थप उपचार लागि काठमाडौ रिफर गरिएको आज उपचार क्रममा दिउँसाे ३ बजे उनको मृत्यु भएको शैलुङ गाउँपालिकाका नेकपाका पालिका सदस्य नेत्र मोक्तानले जानकारी दिए । उनी नेकपाका दोलखा जिल्ला कमिटी सदस्य समेत हुन । गत स्थानीय तहको निर्बाचनमा उनले नेकपा एमालेबाट बिजयी भएका थिए । दाेलखामा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो जनप्रतिनिधी हुन ।
कोरोना संक्रमणले नेकपाबाट निर्बाचित वडा अध्यक्ष लामाको मृत्यु
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक २९ मंसिर २०७७, सोमबार १७:३८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "कोरोना संक्रमणले नेकपाबाट निर्बाचित वडा अध्यक्ष लामाको मृत्यु"