एजेन्सी – पश्चिमी मुलुकहरूले भारतलाई सैन्य तथा प्राविधिक सहकार्य गर्न दबाब दिएर एकध्रुवीय विश्वलाई सुदृढ बनाउन चाहेको रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले बताएका छन् । अमेरिकाको नेतृत्वमा रहेको पश्चिमले एकध्रुवीय विश्व व्यवस्थाको प्रवर्द्धन गरिरहेको तर रुस र चीनले यसको विरोध गरेको उनले बताए । रुसको निकटको रणनीतिक साझेदार भारतलाई अमेरिकाले त्यही व्यवस्था कायम गर्नका लागि तान्न खोजेको उनको भनाइ छ । ‘त्यही ध्रुवीय खेमामा ल्याउन उदाहरणका लागि भारतलाई पश्चिमले लगातार आक्रामक रूपमा चीनविरोधी खेल खेल्न लगाइरहेको छ,’ लाभरोभले रसियन इन्टरनेसनल अफेयर्स काउन्सिलको भर्चुअल बैठकमा बताए । ‘अमेरिकाले दिल्लीलाई सैन्य तथा प्राविधिक सहकार्यका लागि कठोर दबाब त्यही एकध्रुवीय विश्व निर्माणको लक्ष्यका साथ दिइरहेको हो,’ लाभरोभले बताए । युरोपेली संघले पनि बहुध्रुवीय विश्वको दाबीलाई क्रमशः त्याग्दै अमेरिकाबाट निर्देशित हुन थालेको लाभरोभले बताए ।
भारतलाई दबाब दिएर अमेरिकाले एकध्रुवीय विश्व बनाउन खोज्दैछ ः रुसका परराष्ट्रमन्त्री
TOPICS:विदेश
Posted By: दीक्षण दैनिक २५ मंसिर २०७७, बिहीबार १८:४८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "भारतलाई दबाब दिएर अमेरिकाले एकध्रुवीय विश्व बनाउन खोज्दैछ ः रुसका परराष्ट्रमन्त्री"