एजेन्सी – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कोरोना महामारी फैलिएपछि गोप्य रूपमा सोची पुगेको र मस्कोमा रहेको जस्तो देखाउन त्यहाँ नै नक्कली कार्यालय बनाएको रुसको गैरसरकारी सञ्चारमाध्यमले खबर दिएका छन् । प्रोएक्ट मिडियाले सोमवार लेखेअनुसार, पुटिन अहिले सोचीमै बस्ने गरेका छन् । सोची कृष्णसागरमा रहेको एक शहर हो र मस्कोबाट १६ सय ९ किलोमिटर टाढा छ । पुटिनलाई गम्भीर रोग लागेको भनी हल्ला फैलिएको अवस्थामा उनको प्रवक्ताले कडा खण्डन गरेलगत्तै यस्तो खबर आएको हो । प्रवक्ता दिमित्री पेस्कोभले हालैका सातामा आएका हल्लाका पछाडि कुनै शत्रुको हात रहेको संकेत दिएका छन् । पुटिनलाई पार्किन्सन्सको आरम्भिक लक्षण देखिएको वा पेटको क्यान्सरको शल्यक्रिया गरेको भन्ने किसिमका अनुमानहरू गरिएका छन् । पेस्कोभले यस्ता अनुमान बिल्कुलै वाहियात भएको र अफवाहको पुलिन्दा मात्र भएको बताए । हल्लाको पछाडि कसको हात छ भन्ने सरकारलाई थाहा भएको र यो जारी रहने तर यसले पुटिनलाई चिन्तित नतुल्याउने उनले बताए । पुटिन सोची सरेको भन्ने समाचारमा पेस्कोभले टिप्पणी गरेनन् ।
कोरोना फैलिएपछि पुटिन सुटुक्क सोची सरेको दावी
TOPICS:विदेश
Posted By: दीक्षण दैनिक २५ मंसिर २०७७, बिहीबार १८:४४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "कोरोना फैलिएपछि पुटिन सुटुक्क सोची सरेको दावी"