अर्जुन अपवाद ~दोलखाको मेलुङ्ग गाउँपालिका १ पवटीमा आज महिला हिंसाविरुद्धको १६ दिवसीय अभियानका क्रममा र्याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । मेलुङ गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, महिला स्वास्थ्य स्वायंसेविका, राजनैतिक दलका प्रतिनीधिहरु, स्थानीइहरु लगायत करिब १ सयको उपस्थिति रहेको थियो । र्याली रमाइलोचोकबाट सुरु भई सत्येश्वर माध्यामिक विद्यालयसम्म पुगेर पुन रमाइलोचोकमै आइ टुङ्गिएको थियो । र्यालीका सहभागीहरुले महिला हिंसाका विरुद्धमा विभन्न नारा लगाएका थिए । उनिहरुले लैङ्गिक हिंसा विरुद्धका प्लेकार्डहरु पनि बोकेका थिए । मेलुङ्ग गाउँपालिका वडा नं. १ का वडाध्यक्ष इश्वर कोइरालाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियमा गाउँपालिकाका उपाध्यक्ष कल्पना भण्डारी, गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष हिरा थोकर, वडा सदस्य सविना भण्डारी, जानुका गहतराज नेकपा वडाकमिटि संयोजक रामशरण ओली, स्थानीय अगुवा सञ्जय बस्नेत, कल्पना उप्रेती लगायतले मन्तव्य राख्नुभएको थियो ।अभियानकै क्रममा गाउँपालिकाले हिजो वडा नं. ४ को चित्रेमा र्याली तथा भेला कार्यक्रम आयोजना गरेको थियो । वडा सदस्य अम्बिका खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कल्पना भण्डारी, वडा सचिव राजु अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
हिला हिंसाविरूद्धको १६ दिवसिय अभियानमा पवटीमा र्याली
TOPICS:स्थानीय सरकार
Posted By: दीक्षण दैनिक २४ मंसिर २०७७, बुधबार २०:३२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "हिला हिंसाविरूद्धको १६ दिवसिय अभियानमा पवटीमा र्याली"