पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भइ नियमित काममा फर्किसकेका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृखलामा १५ अंकसम्म प्रकाशन गर्नेछौं।
२०७७ मंसिर २ गते आज विहान धेरै नै चिसो थियो । विहान साँढे ५ बजे विउँझीँदा पालमा सित तपतप खसिरहेको थियो । चर्पीमा काँधमा तपतप शितका थोपा खसेका थिए । विहानको नित्यकर्म सकेपछि तारमा मोबाइल अड्याएर सूर्य उदाएको टाइम ल्याप्स भिडियो बनाएँ । यसका लागी मैले १ दुइ दिनदेखी प्रयास गरेको थिएँ । ट्राइपड नभइ यस्तो काम धेरै नै कठिन हुने रहेछ । मसँग ट्राइपड थिएन । तारमा फोन अड्याएँ । रूखमा तार अड्याएँ । ट्राइपडको काम त भैगयो । अभावमा उपाय निस्कन्छ भन्छन नि । निस्कियो त । विहानै रिताले फोन गरेकी थिइ । उसको बोली अलिक फरक भएकाले मैले के भयो भनेर सोधेको थिएँ । उ सामान्य विरामी रहिछ । फोनमा उसले भोली क्वारेन्टाइन आउने तयारी भएको बताइ । हाम्रो पनि भोली नै पिसिआर परिक्षण गर्ने कुरा भएका कारण मैले नआउन भनें । बुबाले फोन गर्नुभएको थियो । खेतमा मल बोक्दै हुनुहुँदो रैछ । खेतमा गहुँ छर्ने काम सुरु हुन लाग्यो अव । दिउँसो सुरक्षा गार्ड दाईसँग एकछिन पारिवारिक कुरा भयो । उनि ३ वर्षको हुँदा आमा वितेकी रहिछन् । उनका ४ दाजुभाइ र २ दिदीबहिनीहरु रहेका छन् । उनि कान्छा भाइ रहेछन् । दाजुहरु भारततिर बसोबास गर्ने रहेछन् । गाउँमा ८४ वर्ष पुगेका बा हुनुहुन्छ । उनले ७२ सालमा सेनामा १६ वर्ष काम गरेपछि पेन्सन पकाएका रहेछन् । ससुराली झूलेतिर भएको उनले मलाई यसअघि नै वताएका थिए । उनका २ सन्तान छन् । उनको र मेरो पहिलो भेट साउनको पहिलो हप्ता भएको थियो । एउटा कार्यालय जाँदा हामी सँगै गाडीमा परेका थियौं । एकजनाको घर उनले मलाई देखाउनुपर्ने भयो । उनि मुलबाटो नहिँडेर गोरेटो बाटो हिँडिरहेका थिए । उनले गाउँको बाटो छाडेर जंगलै जंगलको बाटो मलाई लगेका थिए । क्वारेन्टाइनमा सुरक्षा गार्डको काम गरेको भनेर परिवारकै सदस्य नबोलेको पनि उनले बताएका थिए मलाई त्यसबेला । उनले भनेका थिए ’ द्वन्दकालमा कत्रा कत्रा युद्ध लडियो । कुनै पिर लागेन । तर यो काम गर्दा मलाई गाह्रो प¥यो ।’ यो तिहारमा उनि पनि घर गएनन् । दशैंमा फूलपातीका दिन गएर पूर्णिमाका दिनमा आएका रहेछन् । बहिनी आउँछु भन्दै थिइ । मैले विदा मिल्दैन भनें । उनले भनेका थिए । हामीजस्तै उनले पनि तिहार मनाएनन् । हामीले रोगका कारण । उनले जागिरका कारण ।भान्साको जिम्मेवारी सम्हालेका दाई तिहारका लागि घरमा गएर आज क्वारेन्टाइन आए ।
Be the first to comment on "अभावमा निस्किएको उपाय"