चरिकोट(दीस) –नेपालमा सवारी चालक रहेका आफ्ना श्रीमानको मृत्यु भएको पिरले विदेशमा रहेकी श्रीमतीले आत्महत्या गरेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका ८, खरेका चालक सुबिन तामाङको गत आइतबार बोलेरो दुर्घटनामा परी मृत्यु भएको थियो । सोही रात युरोपियन मुलुक साइप्रसमा घरेलु कामदार रहेकी उनकी श्रीमाती २३ वर्षीया शुक्री तामाङले आत्महत्या गरेकी हुन् ।त्यहाँको प्रहरीको भनाइ उधृत गर्दै गैरआवासीय नेपाली संघ साइप्रसले जनाए अनुसार शुक्रीले टिकटक भिडियोमा आफ्ना आमाबुबा, सासूससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’सँगै जान लागेको उल्लेख गरेकी छन् । उनले टिकटकमा मृतक श्रीमानको दुर्घटनाग्रस्त तस्बिर राख्दै भनेकी छन्, ‘मिस यु मुटु’ म आउँदै छु । हामी भेट हुनुपर्छ है।’आफन्तका अनुसार शुक्री र सुबिनको विवाह भएको एक वर्ष पनि पुगेको थिएन । विवाहलगत्तै शुक्री २०१९ अक्टोबरमा साइप्रसको लार्नाका सहरमा घरेलु कामदार बनेर गएकी थिइन् । परिवारको आग्रहअनुसार उनको शव नेपाल ल्याइने बताइएको छ ।
बिगु गाउँपालिकामा श्रीमानको बोलेरो दुर्घटनामा मृत्यु तनाबमा साइप्रसमा श्रीमतीद्धारा आत्महत्या
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २३ मंसिर २०७७, मंगलवार २०:२८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "बिगु गाउँपालिकामा श्रीमानको बोलेरो दुर्घटनामा मृत्यु तनाबमा साइप्रसमा श्रीमतीद्धारा आत्महत्या"