यी खानेकुरा खानुस् आँखा कमजोर हुनबाट बच्नुस्

एजेन्सी – आजकल मानिसहरू जतिखेर पनि स्मार्टफोनमा झुण्डिरहने भएकाले आँखामा खराब असर परिरहेको हुन्छ । बच्चाहरू पनि आँखा कमजोर भएर चश्मा लगाउन थालेका छन् । त्यसैले मोबाइल, ट्याब्लेट र ल्यापटपको प्रयोग कम गर्नुका अलावा तपाईंले स्वास्थ्यवर्द्धक केही खानेकुरा पनि खानु जरूरी हुन्छ ।
भिटामिन -शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ । आफ्नो आहारमा भिटामिन ए, बी, सी र ई भएका आहार समावेश गर्नुस् । सुन्तला, मौसम, केरा, लौका, किवी, भेडेखुर्सानी, हरियो सागसब्जी र भुइँकटहर जस्ता खानेकुरा खानुस् । मुङ्फली बदाम, जुस र दूधबाछ बनेका आहारले पनि फाइदा गर्छन् ।
बदाम बदाम- आँखाका लागि लाभदायक हुन्छ । राति पानीमा बदाम भिजाएर बिहान खानुस् । यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ । बदाममा सूप र मिश्री मिसाएर खाँदा पनि लाभ हुन्छ ।
हरियो सागपात -आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ । यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ । यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस् ।
ओखर -ओखरमा ओमेगा ३ फट्टी एसिड भरपूर हुन्छ । आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस् ।

Shares

Be the first to comment on "यी खानेकुरा खानुस् आँखा कमजोर हुनबाट बच्नुस्"

Leave a comment

Your email address will not be published.


*