कृषिबाट मनग्य आम्दानी

इश्वर बिश्वकर्मा \हरी बहादुर खत्री चरिकोट, –दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ४ झ्याँकु स्थित ज्याङ्बारिङका छक बहादुर शेर्पाले ५ बर्ष देखि १४ रोपनी क्षेत्रफलमा किवी र अलैँची खेती गर्दै आएका छन् । यस अघि किवी र अलैँचीलाई रेखदेख गरेरै उनको दिन बित्थे तर अहिले उनको दैनिकी किवी र अलैँची टिप्न र बिक्री गर्नमै बित्छ । यो बर्षमा किवी र अलैँची फल्न सुरु गरेदेखि हालसम्म साढे २ क्विन्टल किवी बिक्रीबाट ४५ हजार रुपैयाँ र २ क्वीन्टल अलैँची बिक्रीबाट ३० हजार भन्दा बढी आम्दानी भईसकेको छ । अब २० हजार बराबरको बिक्री गर्ने लक्ष्य रहेको शेर्पाले बताए ।

उत्पादित अलैँची र किवी घरआँगनमै किनेर लैजाने गरेका छन् । जसले गर्दा उनलाई थप हौसला र प्रोत्साहन मिलेको छ । उनले खेती सुरु गरे देखि हालसम्मको अवधीमा १ लाख ५० हजार रुपैयाँ खेतीमा लगानी गरिसकेका छन्, भने १ लाख भन्दा बढी आम्दानी गर्न सफल भईसकेका छन् । गएका वर्षहरुमा भन्दा यो वर्ष धेरै परिमाणमा अलैँची र किवी उत्पादन भएको र अर्को वर्षमा अझ धेरै उत्पादन गर्ने लक्ष्य रहेको छ । अहिले उनको बगानमा रामशाही, र गोल्साही जातको अलैँची र हेवार्ड, मन्डी जातका किवीका बोट रहेका छन् ।

.रोजगारको क्रममा करिब १ दशक विदेशी भूमीमा बसेका उनले पैसा कमाउन सकेपनि सन्तुष्टी प्राप्त गर्न नसकेपछि आफ्नो गाउँमै स्वरोजगार बन्ने र बनाउने सोचका साथ स्वदेश फर्किएका थिए । उनले स्वदेश फर्किएको केही समयपछि विदेशमा कमाएको पैसाले गाउँमै २७ रोपनी जग्गा किने । अनि उक्त जग्गामा २०७२ सालदेखि उनले व्यवसायिक रुपमा किवी र अलैँची खेतीको सुरुवात गरेका थिए ।

उनले भने “ उर्जावान् समय विदेशमा बितेकोमा पछुतो लाग्छ । तर अब बाँकी जीवन गाउँमै कृषिमै व्यतित गर्ने प्रण गरेको छु उनले भने “ आफ्नै गाउँमा मिहिनेत र परिश्रम गरे आम्दानी गर्न सकिन्छ, अनि त्यो भन्दा बढी मिल्छ सन्तुष्टि ।”   उनको श्रीमती र घरमा भएका १ छोरा र १ छोरीले पनि किवी र अलैँची खेतीमा सहयोग गर्ने गरेका छन् । कृषि सम्बन्धी ज्ञान, सीपको विकास गराएर कृषिमै आबद्ध गराउने उदेश्यले जेठो छोरालाई काठमाडौँको स्तरीय क्याम्पासमा कृषि विषय पढाउदैँ गरेको उनि बताउछन् ।“ कृषिमा आबद्ध गराउन छोरालाई कृषि पढाउँदै छौं । तर छोराको चाहनामा भर पर्ने हुन्छ । उनले भने “तै पनि हामी उ राम्रो कृषि सम्बन्धी जानकार व्यक्ति बनोस् भन्ने ”

कृषि प्रधान देशमा कृषि कर्मलाई तिस्कार गरि विदेश भौँतारिने पवृतिको अन्त्य गर्न यसलाई सम्मानित र मर्यादित बनाउन राज्यले विषेश पहल र कार्यक्रम बनाउनु पर्ने उनको भनाइ छ । बिदेशबाट श्रम, सीप सिकेर फर्केका युवाहरुलाई कृषिमा आकर्षित गर्न अबको समयमा बलियो रणनिती अपनाउनुपर्ने र अनुदानको व्यवस्थाका साथै आधुनिक प्रविधीयुक्त कृषि पद्धतिको विकासमा राज्यले ध्यान दिनुपर्ने उनको राय छ ।

Shares

Be the first to comment on "कृषिबाट मनग्य आम्दानी"

Leave a comment

Your email address will not be published.


*